• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मूल्यबृद्धिका विरुद्धमा  नेकपा निकट संयुक्त जवस/मोर्चाद्वारा संघर्षका कार्यक्रम घोषणा




सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यबृद्धिका विरुद्धमा  नेपाल कम्युनिस्ट पार्टी  निकट संयुक्त जवस/मोर्चाहरुले संघर्षका कार्यक्रम घोषणा गरेको छन्  ।

सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राती १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १० बढाएको छ ।

सो  पदार्थमा गरिएको मूल्यबृद्धि विरुद्ध नेकपा   निकट जनवर्गीय संगठनहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

संघर्षको कार्यक्रम अन्तरगत माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा गर्ने, माघ २१ गते बिहान १० देखि ११ बजेसम्म देशव्यापी आयल , कार्यालय र डिपोहरु घेराउ गर्ने, माघ २२ गते देशब्यापी प्रचार प्रसार गर्ने, माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम गर्ने, माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने र माघ २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने लगायत रहेका छन् ।

 

संयुक्त प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

Facebook Comments