• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वर्गीय मामालाई चिट्ठी




हिमाल ओली

पुजनिय मामा मिति २०७८/१०/१८
मीठो सम्झना नैकाप , काठमाडौ

म यहाँ सन्चै छु । हजुरलाई पनि आरामको कामना गर्दछु। पत्रमा लेख्नुपर्ने खास खबर त केहि छैन , आफ्नो प्यारो मामाको सम्झना आयो । तेसैले यो पत्र लेख्दैछु ।

हामी सबैलाई छोडेर तपाईं कलिलो उमेरमै स्वर्गीय भैहाल्नुभयो । हामी भने तपाईको सम्झना र त्यो अधुरो मायाको खिलापले मन सम्हालेर बसेका छौँ । कक्षा ५ सम्म त हजुरकै छत्रछायामा रहेर पढ्ने मौका पाए ।त्यसबेलाका तितामिठा घटनाहरु त सम्झनामा मात्र रहेका छन । त्यसपछि पनि हजुरले म प्रती गरेको लगानी सल्लाह सुझाव र अभिभावकत्वको खुब याद आउँछ ।आफू नमरी स्वर्ग देखिदैन भन्ने उक्ति छ , स्वर्गीय मामाको जिन्दगी कस्तो होला ? मनमा अनेकौं प्रश्नोत्तरहरुले सताईरहन्छन।मैले हरेक अभावहरुको सामना गरिरहदा दिनमा तपाइँको को याद आउने र सुतेपछी निन्द्रासंगै सपनिमा हजुरको मुहार झलझल्ती देखिरहन्छु ।

जसरी हजुरको यादले यी आखामा साउने भेल बर्सिन्छन, त्यसैगरी भावुकता संगै शब्दहरु बर्सिन्छन। मलाई सानोमै तपाईले गित , गजल, कविता लेख्न गाउन र बाचन गर्न सिकाउनु हुन्थ्यो , लाग्छ अहिले बाचुन्जेलको लागि यस्तै यस्तै नासोहरु हजुरले छोड्नु भएको रहेछ भनेर ।
मुक्तक
मामा भन्ने शब्दै प्यारो , लेखिरहन्छु अचेल
झुल्के घामनि हत्केलाले,छेकिरहन्छु अचेल
स्वर्ग वासमै हजुरलाई, गाह्राे भयोकित मामा
हरेक रातको सपनिमा, देखिरहन्छु अचेल ।।
…. र आज मुक्तक दिवस पनि रहेछ !

फाल्गुन १० गते एतिहासिक खारा हत्याकाण्डमा ज्यान गुमाउनुहुने दाजुभाईको स्मृतिको अवसरमा कार्यक्रम गर्ने योजना तपाईले सृजना गर्नु भएको, र जुन कार्यक्रम बर्सौ चल्दै आएको थियो २०७७ सालको उक्त कार्यक्रम पोखरी स्कुलमा चलिरहदा पिडादायिक हिसाबले सुखद खबरको अपेक्षा सहित एम्बुलेन्समा उपचारको लागि तपाईं बाहिरिनुपर्यो। काठमाडौ न्युरो हस्पिटलमा तपाईंको अप्रेसन हुँदा ठुलोबाबा साक्षी बस्न जादा, मलाई बचाउनुस दाइ भन्दै ठुलो बाबाको अंगालोमा बेरिएको त्यो नमिठ्यान्न सम्झनाको तस्विरले अहिलेपनि मन अमिलो भएर आउँछ, बाच्ने आशले मेरो मामाले गरेको अन्तिम पुकारलाई पनि भगवान किन सुनेनन छाती पिटेर रुन मन लाग्छ । अप्रेसन सफल भयो, फेसबुकमा मैले मृत्युुलाई जिते भन्दै डाक्टरहरु र आफन्तिहरुलाई तपाईंले दिएको धन्यवादको खुशीले हामी गदगद भयौ।

१ महिना पछि तपाईं खुशी हुँदै गाउँ फर्किनु भयो , साथी भाइ ईष्टमित्र बा आमा र आफन्तिहरु सङ्ग खुशी साट्नुभयो । कोभिडको महामारी थियो तपाईंलाई फेरि समस्या बल्झियो , दाङमा उपचारको लागि जादा कुनै हस्पिटलमा सुखद उपचार हुने सम्भावना भएन र काठमाडौ न्युरोमा नै धाउनुपर्ने भयो ।… र मृत्युले जित्न खोजिरहेको छ आफ्न्तीहरुको आलापबिलाप , हेलिकप्टर उडानको लागि ठुलोबाबा दिपेन्द्र ओलि लगायत नेतागण र सुवेच्छुकहरुबाट के प्रयास भएन होला, कति ठाउँ हार गुहार गरिएन होला ? करिव ९ बजे मात्रै हेलिकप्टरको उडान हुने भयो केहि समय अघिनै हजुर स्वर्गीय भैसक्नु भयो हामीले बचाउन सकेनौं ।

धर्ती अध्यारो भयो , तपाईंको भौतिक शरीरसङ्गै कयौ सपनाहरु मरे , छोराछोरिको खम्बा ढ्ल्यो , दाजुभाई र जीवन सङ्गिनिको आधा शरीर गुम्यो , बा आमाहरु बाचुन्जेल जिउदो लास हुने भए, आफन्ती सुभचिन्तक र चिन्नेहरुको लागि निकै पिडादायिक र दुखद दिन बन्यो। …र पार्थिक शरीरलाई लगेर रातिको ८ बजेतिर खारा खोलाको किनारमा हजुरको अन्त्योष्टी भयो ।

मन गाठो पारेर मन बुझाउन कयौं प्रयास गरे पनि पीडा त पीडा नै हो बल्झिरहने रहेछ सधै ! भरपुर सपनाको आशाको केन्द्र, एउटा जिम्मेवार अभिभावक सधैका लागि अस्ताएपछी खास सानोतिनो खुशीले मन कहिल्यै उज्यालो भएन । हजुरलाई त्यो पोखरी खोलाको पानी कति प्यारो लाग्दो हो , स्कुलका साना साना केटाकेटी, सहकर्मी साथिहरु , दौँतरीहरु , बा आमा , छोराछोरी , दिदी भान्जो , दाजुभाइ र ईष्टमित्रको कति माया लाग्दो हो ? तपाईंले लगाएका स्याउ , टिमुर सुन्तला र त्यो खेतिपातिको माया कति लाग्दो हो ? कल्पनै कल्पनाको विवसताले हैरान बनाउछ । हजुरले सिस्ने चौतारीमा गाएको त्यो दोहोरिको अडियो सुनेर मन बुझाउछु , तस्वीर मात्रै हेरेर मन फिटिक्कै बुझ्दैन ।

अस्तिन जेठोमामा पनि परदेशबाट आउनु भयो , बुढा बा आमा र हामीले एअरपोर्टमा स्वागत गर्न गयौ तपाईको अलवा मामाको आगमनले खुशी बनायो, परिवारको थप चिन्ता र जिम्मेवारीले थेचियर होला मामाको तेति खाईलाग्दो ज्यान सरलक्कै नहुने कुरै थियन, तपाईंको देहावसान पछी जेठो मामा सङ अंगालोमा बाधिएर भेटमा व्यक्त गर्न नसकेको माया गहभरी खुशिका आशुले फरक रौनक त दिलायो तर हामी सबै संगै बसेर खादा बस्दा सुख दुखका कुरा सुरु हुँदा तपाईकै प्रसङ्गले फेरि सबैलाई भावुक बनायो ।

जिन्दगी गर्ने खाने मर्ने जाने हो , कोहि चाडो कोहि ढिलो , कोहि अफ्ट्यारोमा कोहि सजिलोमा , यस्तै हो भाविको लेखान्त सबैले स्वीकार गर्नै पर्दो रहेछ, पिर नगर्नु तपाईंका सन्तानहरुको अभाव र अफ्ट्यारोहरुमा हामी सधै संगै हुनेछौ । तपाइको बा आमालाई तपाईंको अभावले त बाचुन्जेल नछोड्ने निस्चय छ, सधैको लागि बैरागी भएका अनुहारलाई त संसारको कुन शक्तिले दिल खुलाएर खुशी दिलाउन सक्छर तर पनि हामी सुख र शान्ती दिलाउने प्रयत्न गर्ने छौ । तपाईंको उत्तराधिकारीलाई हामी ज्ञानले सकेको जति जीवन जगत चिनाउने र सत्कर्मको बाटोमा हिडाउने प्रयास गर्ने छौं । तपाईं आफै भन्नुहुन्थ्यो नि मामा , मान्छे जति संघर्षशिल भयो जति बेलैमा जिम्मेवार भयो तेतिनै बाकी जीवन सुखमय र सफल हुन्छ भनेर तसर्थ तपाईंका सन्तानहरुलाई पनि तेहि प्राप्तिले पर्खिरहेको हुनुपर्छ ।

तपाईं हाम्रो माया र सुखदुःखका कुरा जति गरेनी मेटिदैनन जहाँ जस्तो अवस्थामा हुनुहुन्छ सन्तुष्टि भएर बस्नुहोला । मनमा रहिरहनु हुनेछ , तपाईंले देखेका सपनाहरु पूरा गर्न म लागि पर्नेछु ।कहिल्यै पनि गलत बाटोमा हिड्ने छैन । तपाईंको भान्जा र दिदी हामि पनि सुखदै छौ ।

तपाईको त्यो जिवन्त सुभेच्छाले हामीलाई सधै अब्बल बनाउने छ । कहिलेकाही भएनी सपनिमा आउनु है मेरो प्यारो मामा, अहिलेलाई कलम बन्द गर्दछु ।
तपाईंको प्यारो भान्जा
हिमाल ओली

Facebook Comments