श्रवण कुमार यादव
देउखुरी, १८ माघ। देउखुरीको राजपुर गाउँपालिकामा राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा तीन महिने आधारभूत कम्प्युटर सीप विकास तालिम आजदेखी शुरु भएको छ।
महिला तथा बालबालिका शाखाको आयोजनामा संचालन भएको उक्त तालिमको उद्घाटन समारोहका प्रमुख अतिथि तथा राजपुर गाउँपालिकाका उप-प्रमुख श्री धनपती देवि यादवले हरेक वडाबाट वडा अध्यक्षहरुले आ-आफ्नो वडाबाट चार-चार जना र अरु बाँकि आफू स्वयं गाउँपालिकाको प्रमुख र उपप्रमुखको छनोटमा सिकारुलाई सहभागी गराएका छौं।
यस्तो तालीम गत वर्ष पनि शुरु भएको थियो र गत वर्ष हामी ४० जनालाई अवसर प्रदान गरेका थियौं तर पनि दुरिका हिसाबले केहि कठिनाइहरु आए र कतिपयले छोद्न पनि बाध्य भए तेहि कुराको मध्यनजर गर्दै यो वर्ष हामी राजपुर गाउँपालिका २ बेलामा र राजपुर गाउँपालिका ५ जङ्ग्राहवामा गरि दुई स्थानमा एकै दिन तालिम संचालन गरेका छौँ।
गत वर्ष भन्दा यो वर्ष सजिलो होला भनेर आशा र विश्वास पनि गरेका छौँ। उहाँका अनुसार वर्षमा ४०-४० जना गरि हामी अहिले दुई वर्षको अन्तरालमा ८० जनालाई सो तालिमको अवसर प्रदान गरेका छौँ भनेर समेत जानकारी गराउनुभयो।
यो तालिम गर्न तपाईंहरु एउटा राम्रो अवसर पाउनु भएको छ र यसलाई जीवन उपयोगी बनाउन, जिवनमा केही गर्न सक्ने उद्देश्यले सिकाइ गर्नुहोला भनेर समेत निर्देशन गर्नु भएको थियो। कम्प्युटरको महत्त्व र फाइदाबिच प्रष्ट पार्दै ३ महिने तालिमको सिकाइ एकदमै राम्रो र प्रभावकारी होस भन्ने शुभकामनाका साथ बधाई समेत दिनुभएको थियो।
कार्यक्रममा राजपुर गाउँपालिकाका उप-प्रमुख तथा आजको कार्यक्रमको प्रमुख अतिथि श्री धनपती देवि यादव, राजपुर गाउँपालिकाका सूचना तथा आइटी अधिकृत शरद रेग्मी, वडा नं २ का वडा सचिव गिरधारी यादव, वडा नं २ का दलित महिला सदस्य शान्ता परियार लगाएतले शुभकामना मन्तव्यलाई सम्बोधन गर्नुभएको थियो।
उक्त कार्यक्रममा राजपुर गाउँपालिकाका उपप्रमुख श्री धनपती देवि यादव,सूचना प्रविधि अधिकृत शरद रेग्मी, वडा दलित महिला सदस्य शान्ता परियार, वडा नं २ का सचिव दुर्गा प्रसाद यादव, महिला तथा बालबालिका शाखाकि कमला पुलामी, वडा नं १ का वडा सचिव गिरधारी यादव, तालिमका प्रशिक्षक आनन्द अधिकारी लगाएत तालीममा सहभागी जनाउने सिकारुहरुको सहभागिता थियो।
वडा नं २ का वडा अध्यक्ष श्री दुर्गा प्रसाद शर्मा ज्युको अध्यक्षता एवं राजपुर गाउँपालिकाका उपाध्यक्ष श्री धनपती देवि यादव ज्युको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रमको सहजीकरण भने राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाकि कमला पुलामीले गर्नु भएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।