• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनपत्रकार संगठन रुकुम पश्चिमले बुझायो महासंघलाई ज्ञापनपत्र




गमानसिङ घर्ती
रुकुम,१८ माघ  । जनपत्रकार संगठन नेपाल रुकुम पश्चिमले मंगलवार (आज) नेपाल पत्रकार महासंघ रुकुम शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

श्रमजीवी पत्रकारहरुकाे पारिश्रमिक, महासंघमा सदस्यता शुद्धीकरण, प्रदेश सरकारबाट प्राप्त हुने बिज्ञापनहरु महासंघ मार्फत समानुपातिक प्रणालीबाट सबै मिडियाले पाउनु पर्ने, पत्रकार महासंघले गर्ने परिचालन गर्ने आर्थीक कारोबार पारदर्शि गर्नु पर्ने लगाएतका ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

 

ज्ञापनपत्र बुझ्दै पत्रकार महासंघ अध्यक्ष लक्ष्मण केसीले ज्ञापनपत्रमा समाबेश गरिएका केहीले समस्याहरु समाधानकाे लागि जिल्ला शाखाले समाधान गर्ने प्रतिवद्वता जाहेर गर्दै बाँकी प्रदेश समिति र केन्द्रीय समिति सँग जाेडिएका समस्याहरु भएकोले सम्बन्धीत निकाय सम्म पर्याउन सहयोग गरिदिने बताउनु भएको छ ।
उक्त ज्ञापनपत्र युबराज बोहोराको नेतृत्वको टोली बुझाएको हो ।

Facebook Comments