• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा  थप ४९ जनमा कोरोना संक्रमण पुष्टि




दाङ, १७ माघ । दाङमा आज सोमबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा ३० जनाको पीसीआर परिक्षणबाट ११ जना र विभिन्न पालिकामा ८० जनाको एन्टीजेन परिक्षणबाट ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै आज थपिनेमा घोराहीका १३ जना, तुलसीपुरका ११ जना, दंगीशरणका ४ जना, गढवाका ३ जना, लमहीका २ जना, राप्तीका ७ जना, शान्तिनगरका २ जना, जिल्ला बाहिरका ३ जना र राजपुरका १ जना रहेका छन् ।

यसैबीच आज ४२ जना कोरोना मुुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका २८ , दंगीशरणका ८ जना, तुलसीपुर र लमहीका २÷२ जना, राजपुर र बंगलाचुलीका १÷१ जना, रहेका छन् ।

दाङमा अहिले सकृय बिरामीको संख्या ३ सय ६७ पुगकोे छ । उनीहरु मध्य ३ सय ५९ जना घरमै, ५ जना आईसीयुुमा र ३ जना अक्सिजनसहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

 

Facebook Comments