• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा कोरोना पुष्टि




पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप ८ जनाको मृत्यु भएको छ । हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ७७ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

Facebook Comments