• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमाले निकट दुई जनबर्गीय वडा कमिटीको भेला सम्पन्न 




दिपसागर पौडेल

कुश्मा, १६ माघ । कुश्मा नगरपालिका ७ झाक्रीथान स्थित कोभिड १९ को स्वास्थ्य मापदण्ड पालना गर्दै नेकपा एमाले वडा कमिटी ७ को सक्रियतामा नेपाल उत्पीडित जातीय मुक्ति समाज सँगै अखिल नेपाल किसान महासंघ गरि एमाले निकट दुई जनवर्गीय वडा कमिटी संगठनहरु एकैसाथ शनिबार एक भेला बीच सम्पन्न भएका छन् ।

नेकपा एमाले ७ नम्बर वडा कमिटीका अध्यक्ष समेत रहनु भएका तेज गीरीको अध्यक्षतामा भएको दुबै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एबं मुक्ती समाजका केन्द्रीय सचीव तथा एमाले प्रदेश कमिटी सचिवालय सदस्य मनोहर वि पौडेलले संबिधानमा आफ्नो हक र अधिकारलाई सुनिश्चित गर्नका लागि युवा, किसान, दलितहरुमा संगठनिक जिम्मेवार रहेर आफ्नो स्वतन्त्र माग पुरा गर्नका निम्ति संगठन बलियो हुन पर्ने बताउदै संगठन कार्यक्रमले नयाँ उचाइ लिनु पर्ने समेत जिकिर गर्नुभयो ।

त्यस्तै कार्यक्रमका अर्का प्रमुख अतिथि किसान महासंघ जील्ला कमिटी अध्यक्ष बलराम भुसालले धेरै नेपाली जनता कृषिमा आश्रीत भएको कारण र ब्यबासायिक हिसाबले माथी उठ्न नसकेको कारण संगठनबाट उनीहरुको हक अधिकारका निम्ति मजबुत बनाउनु पर्नेमा जोड दिनुभयो ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज कुस्मा नगरपालिका-७, वडा कमिटिको भेलाले सर्बसम्मत १३ सदस्यीय कमिटी गठन गरेको छ ।

जसको अध्यक्षमा भिम बहादुर नेपाली उपाध्यक्षमा बालकृष्ण परियार,सचिबमा करिष्मा बोहोरा ,उप- सचिवमा जीतबहादुर बि.क.,कोषाध्यक्षमा रोशमी नेपाली, सदस्यहरुमा धिरेन्द्र वस्याल,सदस्य रण बहादुर सार्की ,सुजन नेपाली ,विष्णु बोहोरा बस्याल,सुवास बि.क ,नारायणी नेपाली,मन बहादुर बि.क.,र कमल परियार चयन भएका छन् ।

त्यस्तै गरि अखिल नेपाल किसान महासंघ, कुस्मा नगरपालिका-७, वडा कमिटीले १९ सदस्यीय कमिटी गठन गरेको छ।

जसको अध्यक्षमा भद्रकली थापा उपाध्यक्षमा कल्पना शर्मा, सचिबमा कल्पना शर्मा पौडेल ,उप -सचिव धिरेन्द्र वस्याल,कोषाध्यक्षमा पुष्पा पुरी, सदस्यहरुमा बुद्धिसिरी सार्की,टीका कुमारी पुरी,सीता पुरी, रिना श्रेष्ठ ,जमुना कुमारी पौडेल,विजुला बि.क.,सरस्वती सुबेदी,सम्झना पौडेल ,शोभा राना,सीता पौडेल ,शोभाकान्त शर्मा,भिम कुमारी पौडेल ,करुणा शर्मा,र टंक खाँड ठकुरी चयन भएका छन् ।

उक्त कार्यक्रममा बिशिस्ट आतिथि तथा जिल्ला कमिटी सदस्य,कविता विश्वकर्मा,सुवासचन्द्र पौडेल , लालबहादुर हरिजन, नगर कमिटी सचीव गणेश पौडेल त्यस्तै नगर कमिटी सदस्य नयानाथ शर्मा गौतम , सुजन वस्याल, अमृत वि.क, मुक्ति समाज जिल्ला सदस्य कृष्ण नेपाली लगायतले बोल्नु भएको थियो ।

एमाले नगर कमिटी सदस्य तथा युवा संघका वडा अध्यक्ष सुजन बस्यालको स्वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको सहजीकरण  एमाले वडा सचिव गोविन्द पौडेलले गर्नुभएको थियोे ।

Facebook Comments