लोकेन्द्र कठायत/मुसीकोट
प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा रुकुम पश्चिमको मुसीकोट नगर समितिले दीप प्रज्वलन गरेको छ । दिवसको अवसरमा संगठनले आज बेलुका साढे ६ वजे सदरमुकाम खलंगाको कालिकास्थानमा दीप प्रज्वलन गरेको पेस सेन्टर मुसीकोट समितिका अध्यक्ष दिपेन्द्र महताराले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण अन्य औपचारिक कार्यक्रम नगरिएको भए पनि दिवसको अवसरमा दीप प्रज्वलन गरिएको उहाँले बताउनुभयो ।
सुरक्षा सतर्कता अपनाएर दीप प्रज्वलन गरिएको बताईएको छ । दीप प्रज्वलन पछि प्रेस सेन्टरका केन्द्रीय सदस्य ध्रुबविक्रम बुढाथोकीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुन्दर शर्मा, कर्णाली प्रदेश उपाध्यक्ष तुल देबकोटा र जिल्ला अध्यक्ष नारायण केसी, प्रेस सेन्टर चौरजहारी नगर समिति अध्यक्ष तिलक ओली लगायतको उपस्थित रहेको थियो ।
स्थापना दिवसको अवसरमा प्रेस सेन्टर मुसीकोटले नगरपालिकामा रहेका विभिन्न सञ्चार माध्याम र क्रियाशील पत्रकारहरुलाई २००० पिस मास्क र २१ पिस सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्रिहरु वितरण गरेको थियो । आज रुकुम पश्चिममा विभिन्न कार्यक्रम गरी प्रेस सेन्टरको १८ औं स्थापना दिवस मनाईएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।