प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा दाङको घोराहीमा दीप प्रज्वलन गरिएको छ । प्रेस सेन्टर दाङले स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङको प्राङगनमा मैनवक्ती बालेर दीप प्रज्वलन गरेको हो ।
प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षता एवं सेन्टरकी केन्द्रीय सदस्य लक्ष्मी आचार्यले प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा शहिद कृष्णसेन इच्छुकको तस्विर नजिकै दीप प्रज्वलन गरेर सुरु गरिएको हो ।
सेन्टरीकी केन्द्रीय सदस्य लक्ष्मी आचार्यले ठूलो योगदान र बलिदानीले स्थापना भएको प्रेस सेन्टरको इतिहास निकै गौरवपूर्ण रहेको बताइन् । उनले विगतमा गरेको बलिदानी स्वरुप मुुलुकमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति लगायतका थुप्रै उपलब्धी प्राप्त भएको बताइन् । त्यस्तै उनले जनपक्षीय र जनवर्गिय ढंगले पत्रकारिता गर्न आग्रह गरिन् ।
सेन्टरका कार्यालय सदस्य गिरिराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रेस सेन्टर लुम्बिनी प्रदेशका प्रमुख सचिव भुपेन्द्र वली, लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रकाश चौधरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य केशरमान विसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममको सहजीकरण सचिव जनक नेपालीले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।