प्रेस सेन्टर नेपालको १८ औैं स्थापना दिवसको अवसरमा तुलसीपुरमा मास्क वितरण गरिएको छ । शनिबार दिउँसो तुलसीपुर बजारमा प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाले स्थापना दिवसको अवसरमा मास्क वितरण गरेको शाखाका अध्यक्ष दामोदर बस्नेतले जानकारी दिनुभयो ।
कोरोना महामारी कारणले गर्दा स्थापना दिवसमा कुनै कार्यक्रम नगरेको भन्दै पछिल्लो समय तुलसीपुरमा कोरोना संक्रमित बढि भएकाले कोरोना सङ्क्रमणबाट बच्न आग्रह गर्दै मास्क वितरण गरिएको थियो ।
त्यस्तै पछिल्लो समय तुलसीपुरमा कोरोना संक्रमण बढि भएयता पनि अझै बजारमा आउने नागरिकहरू, सवारी साधनमा यात्रा गर्ने यात्रु तथा चालकले समेत स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह समेत गरेको बस्नेतले जानकारी दिनुभयो ।
तुलसीपुर बजारमा शाखाको सम्पूर्ण पदाधिकारीहरू तथा नेपाल प्रहरी, ट्राफिक प्रहरीको सहभागितामा सयौँको सङ्ख्यामा मास्क वितरण गरिएको र साथै तुलसीपुरका केही मिडिया हाउसलाई पनि मास्क तथा स्यानिटाइजर वितरण गरिएको शाखाका सचिव विकास डाँगीले जानकारी दिनुभयो । त्यस्तै आइतबार बाँकी रहेका मिडिया हाउसहरूमा पनि वितरण गर्ने डाँगीले जानकारी दिनुभयो ।
प्रेस सेन्टर नेपालकाे १८ ओेेैं स्थापना दिवसको अवसरमा दाङमा दीप प्रज्वलन गरिने भएकाे छ ।
आज बेलुकी ६ बजे नेपाल पत्रकार महासंघ दाङकाे प्रांगणमा दीप प्रज्वलन गरिने प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले जानकारी दिनुभयाे ।
काेराेना महामारी भएकाले स्थापना दिवसका अन्य सम्पूर्ण कार्यक्रमहरू भने स्थगित गरिएकाे उहाँले जानकारी दिनुभयाे । “सामाजिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पालना गर्दै दीप प्रज्वलन गरिने छ,” शर्माले भन्नुभयाे, “हाम्रा अग्रजहरूकाे निकै कठिन पूर्ण संघर्ष र त्याग तपस्याबाट स्थापना भएकाे प्रेस सेन्टरकाे इतिहास निकै गाैरवपूर्ण रहेकाे छ ।”
यसैबीच सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपालीले विज्ञप्ति निकालेर स्थापना दिवसकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । “न्याय, समानता र परिवर्तनका लागि श्रमजीवीकाे पक्षमा कलम चलाउने सम्पूर्ण कलमजिवीहरूमा हार्दिक शुभकामना,” विज्ञप्तिमा भनिएकाे छ, “हाम्रा अग्रजहरूले देखाउनुभएकाे बाटाेमा हामी सधै लामबद्घ हुने छाैं ।”
विज्ञप्तिमा आज बेलुकी ६ बजे पत्रकार महासंघकाे प्रांगणमा आयाेजना गरिएकाे दीप प्रज्वलनमा सहभागी हुन सम्पूर्ण सञ्चारकर्मीहरूलाई आग्रह गरिएकाे छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।