हिमाल महरा
घोराही, १५ माघ । घोराहीमा बराह क्षेत्र टोल विकास समिति गठन गरिएको छ ।
घोराही – ४ का वडा सदस्य शशिधर पन्थको उपस्तिथिमा भयको भेलाले घोराही उपमहानगरपालिका -४ मा बराहक्षेत्र टोल बिकास समिति गठन गर्ने निर्णय गरेको हो ।
भेलाले खेमराज भण्डारीको अध्यक्षतामा नौ सदस्य कार्यसमिति चयन गरेको छ । जसको सचिवमा बिष्णु कुमार गिरी, कोषाध्यक्षमा शोभा भट्टराई खनाल , सदस्यहरूमा ताराप्रसाद भण्डारी ,गिरीराज न्यौपाने ,हितलाल भण्डारी ,शिशिर आचार्य, सीता चौधरी,निशा चौधरी चयन भएका हुन् ।
उक्त भेलाले सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा खेतुलाल पोख्रेल, दामोदर आचार्य र बुद्धिराम पोख्रेल रहेका छन् ।
भेलामा स्थानीय समाजसेवी बुद्धिजीवी युवा एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।