• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकीकृत एकाधिकार बित्तीय पुजीवादको विरुद्धमा एकीकृत जनक्रान्ति




गणेश क्षेत्री `मार्सल´

आधुनिक मानव समाजमा अहिले सूचना संचार प्रबिधिमा भएको अदभूतपुर्ण बिकासले आज आधुनिक विश्व लाई निकै सानो एकाइमा बदलिएको छ ।

आज यसको सहज फाइदा उठाउदै केही सिमित साम्राज्यवादि पुजीवादीहरु एक ठाउँ बाट अर्को ठाउँ आफ्नो अस्तित्व कायम गर्न मुनाफाको ब्यापार गर्न केन्द्रीकृत भएर साम्राज्यवाद रिमोट कन्ट्रोल भएर बसेको छ आज यसले सामाजिक राजनीतिक र सास्कृतिक दृस्ठिकोणले आधुनिक समाजलाई भुमण्डलिकृत अबस्थामा बिभाजित छ बिभाज्य गरिएको छ ।

एकीकृत  पुजीवाद भुमण्डलिकृत पुजीवादमा रुपान्तरण र बिस्तार भएको छ,अहिलेका एकीकृत मुठ्ठीभर पुजीवादी अझ दलाल पुजीवादीहरुले बस्तु उपभोग गर्नका लागि नभई केवल श्रमजीवी जनतालाइ बिक्रि गर्न आफ्नो मुनाफा आर्जन गर्न र सिमित पुजि केन्द्रित गर्ने उदेश्य सहितको उत्पादन गरिरहेका छ्न् ।

त्यसमा दलाल पुजीवादी राज्य ब्यबस्था विशेष त साम्राज्यवादले संरक्षण गरेर कृत्रिम प्राण दिएर जिवित बनाइरहेको छ, यसको आयु सयौं बर्स पुर्याउन विभिन्न आयममा खोक्रो जालसाची गर्दै अगाडि बढीरहेकै छ जसरी भएपनी जहाँ भएपनी मुनाफाका लागि सम्पत्ति लगानी गर्ने मुनाफा आर्जन गरि यसको निक्षेप गर्ने र त्यसलाई बजारमा प्रभावित गरि बढी मुनाफाको ब्यबसाय गरिरहेको छ उदार निगम पुजीवाद भुमण्डलिकृत उदार निजिकृत भएको छ ।

हिजो पुजीवाद र पुजिपतीहरु बलक बलकमा बिभाजन भएका थिए तर आजको आधुनिक बिज्ञान प्रबिधिको युगमा पुजीवादीहरु एकीकृत एकताबद्द र संगठित भएका छ्न् ।

पुजीवादीहरु ले पुजीलाई ब्रान्चमा बिस्तार गरेका छ्न्, विभिन्न  शाखा उपसाखा विभिन्न क्षेत्र विभिन्न देशहरुमा भिन्न भिन्न माल उत्पादन गरेर सम्पुर्ण पुजि एकै ठाउँ एकीकृत गर्ने र मिलिजुली पुजि बाडने गर्दछ्न आज राष्ट्रिय पुजिपती वर्ग बहुराष्ट्रिय कम्पनी मल्टिनेशनल ट्रान्सलेसन कम्पनीमा एकीकृत भएका छ्न् ।

संगठित एकताव्द्द भएर सहजै लुटन सकिन्छ भनेर पुजीवादीहरु ग्लोवलाइजेसन पुजीवाद र दलाल पुजीवादमा रुपान्तरण भएर बसेका छ्न र पुजीवादलाई विभिन्न भेराटिहरुमा बिकास गरिरहेका छ्न ।

उधारणकोलागी मोबाइलको प्रयोगलाई लिन सकिन्छ एउटा मालिकले परिस्थिति अनुसार थरीथरीका मोबाइल उत्पादन गरेर बजारमा ल्याउछ । त्यसको प्रयोग श्रमिक देखि पुजिपतिसम्मले संमान प्रयोगमा ल्याउछन बिडम्बना उत्पादन कर्ता मलिकले बितरणको मुनाफाले मोबाइलको प्रयोग गरिरहेको हुन्छभने श्रमजीवी श्रमिकले प्रयोग गर्नका लागि आफ्नो चल अचल सम्पती त्यही उत्पादनकर्तासग बन्धकी राखेर विकसित मुलुकमा रोजगार गरेरमात्र प्रयोग गर्नुपर्ने बाध्यता निर्माण गरेको छ ।

यस्ता बहुराष्ट्रिय दलाल पुजिबादले भुमन्डलिकृत पुजीवादको नौलो स्वरुप निर्धारण गरेको छ । यस्लाइ बैज्ञानिक तवरले बुझ्न जरुरी छ ।

आज नेपालको सन्दर्भमा नवउपनिवेशिक र निगम पुजीवादले देशलाई जनतालाइ समपन्न बनाउनु दिशा तिर होइन कि सिमित द्लाल पुजीवादीहरुलाइ सम्पत्तिको मालिक बनाउने अबस्थामा सिर्जित छ अहिले दलाल ससदिय ब्यबस्थाले सम्पुर्ण स्रोत साधनहरु समाप्त गरि बिदेशी साम्राज्यवादको जिम्मा लगाइ देश र जनतालाइ सम्पत्ति बिहिन बनाउने दिशा तिर अग्रसर भइरहेको छ उद्योग कलाकारखाना बन्द गर्ने उत्पादन जमिन पलटिङ्ग गर्ने नयाँ उद्योग कारखाना नखोल्ने र उत्पादन का लागि कुनै नयाँ निति योजना र कार्यक्रम नबनाइ बिदेशी पुजिपतिहरुको लुटको लागि देशका साधन स्रोत र यहाँका बहुमुल्य स्रोतहरु बिदेशी दलाललाई बुझाउने यो दलाल ब्यबस्थाले गर्दा देश र नागरिक कंगाल बन्दै गएका छौ ।

आज नेकपामा पतन्जली योग खोल्ने नाममा बिदेशी दलाल रामदेव बाबाले सम्पुर्ण जडिबुटी निर्यात गर्ने रणनीति बनाइदै छ ।

आज यसमा दलाल पुजीवादी सत्ता किन तत्पर ढंगले लागि परिरहेको छ आम नागरिकले मनन गर्न जरुरी छ । आज विश्व बजारमा कच्चा पदार्थ माथी औपनिवेशिक तरिकाले नियन्त्रण गर्न साम्राज्यवाद उदारीकरण निजीकरण र भुमन्डलिकरणको निति बनाएर आफ्नो रामराज्य खडा गरेर विश्व बजार कब्जा गरिरहेका छन् ।

आज पुजीवादि र साम्राज्यवादी देशहरू आज उदारीकरणमा रहएका छ्न्, जसले गर्दा १ प्रतिशत धनाढयहरुको हातमा ५१ प्रतिश सम्पती छ १० प्रतिशत धनाढ्यको हातमा ८० प्रतिशत सम्पत्ति एकीकृत र केन्द्रीकृत छ र बाकी रहेको २० प्रतिशत सम्पत्ति ८० प्रतिशतको बिपरित छ यो बिडम्बना पुर्ण अवस्था आजको निगम पुजीवादी राज्यसत्तामा ८० प्रतिशत आमा नागरिक जनता गरिबीको शिकार हुनुपर्ने बाताबरण सिर्जना भएको छ मुठ्ठीभर द्लाल पुजिपतिहरुको हातमा हुने केन्द्रिकरणले देशको सम्पती बिदेशी साम्राज्यवादको हातमा पलायन भइरहेको आज पुजीवादी अमेरिकामा ९९% प्रतिशत जनसंख्यामा १% प्रतिशत धनाढय पुजीवादीहरुमा हातमा ८० प्रतिशत भन्दा बढी सम्पत्ति एकीकृत भएको छ ।

नेपालको हकमा अबैध ढंगले कमाएर एकीकृत गरेको पुजि स्विस बैंकमा ९० अर्ब भन्दा बढी छ भन्ने तथ्यांक छ बार्षिक ७७ अर्ब भन्दा बढी पुजि पलाएन भएको तथ्य सार्वजनिक नै छ्न बिस्वका ५० जना मानिसको हातमा बिश्वको कुल आधा जनसंख्याको हिस्सा एकीकृत भएको छ ।

यो निजि उदार पुजीवादले पैदा गरेको एकीकृत पुजि केन्दिकरण पुजी हो यो पुजि आज औद्योगिक क्षेत्रहरूमा लगानी गर्ने कलाकारखाना विशेष त उत्पादनमा आधारित पुजि होईन हिजो औद्योगिक क्षेत्रमा आधारित हुने गर्दथ्यो तर आज निकै भिन्नताको छ्लाङ्ग मारेको छ आज यो पुजि बजार पुजिमा रुपान्तरण बिकास र बिस्तार भएको छ ।

आफ्नो बजार प्रतिस्पर्धाको लागि अन्य कमजोर रास्ट्रहरुलाइ उपनिबेश बनाइ त्यहाको कच्चा पदार्थ बहुमुल्य स्रोतसाधनहरु दोहन गर्ने गरि उत्पादित बस्तु त्यही देशमा बिक्री गर्ने बजार पुजिको नयाँरुपको भेरिन्ट आज बित्तीय पुजिमा बिकास भएको छ ।

आज बित्तीय पुजिको चरीत्र कुनै पुजिपतिले कुनै देशमा पुजि लगानी गर्ने सामानाको उत्पादन गर्ने त्यही देश त्यही ठाउँमा बिक्री गर्ने मुनाफा जति सबै आफू आफ्नो देशमा एकीकृत भणडार गर्ने पुजिको लगानी पुजिमा गर्ने आजको स्थित बित्तीयको चरीत्र हो हिजो बैंकहरु मौद्रिक कारोबारमा बिचौलिया अर्थात द्लालको भुमिका हुने गर्द्थ्यो ।

नेपालको सन्दर्भमा अहिले दिनहुँजस्तो हरेक पत्रपत्रिकामा पढ्ने गरिन्छ प्रकाशित सुचनाहरु । फलानो ब्यक्ती, उनीहरुको कर्जा चुत्ता, भुत्तान गर्न आउने जारी सुचना अर्थात चल अचल सम्पत्ती लिलामी सुचना ! बैंक तथा बित्तीय संस्थाद्वारा जारी गरिएको यस्ता सुचनाले ऋणिको अवस्था प्रती मात्र होइन समाज,देश र देशको अर्थतन्त्र साथै अर्थनितिप्रति पनि गम्भीर प्रश्न उब्ज्याउने गरेको छ ।

देशमा ब्याप्त निगमपुँजीवाद छ र यसको मारमा साना तथा मझौला ब्यवसायी, किसान, मजदुर परेका छन् । ब्याप्त भ्रष्टाचार , दलालिकरण , ब्यथिती र अर्थतन्त्रको गिरावट संगै हरेक ब्यत्तीले राज्यको ऋणको भार बोक्नुपर्ने बाध्यात्मक परिस्थिती जटिल बनिरहेको छ ।

यस्तै राज्यद्वारा लगाइएको चर्को कर प्रणाली, उच्च मुल्यबृद्दी , बजारको अस्तब्यस्त अवस्था र बिचौलियाकरण , स्वदेशी लगानिमा गिरावट संगै बिदेशी लगानिलाई बाहुल्यता जस्ता कुराहरुले गर्दा आज समाज पछाडि परिरहेको छ भने देशको अर्थतन्त्र नै बिदेशिको हातमा गएको प्रष्ट छ द्लाल राज्यसत्ताका हिमायतिहरु मौन छ्न कुनै उत्पादन अर्थसमन्ध अर्थनीति बनाउना सकेका छैनन् आफ्नै सत्ता सकार कुर्सी जोगाउने धाउन तत्पर छ्न् ।

यस्तो जटिल अवस्थामा नेपाल सराकारको मान्यता प्राप्त, भनिने विभिन्न बर्गमा बिभाजि च्याउ सरि उमृएका बैंक तथा बित्तीय संस्थाहरु आजभोली गाउँ , गल्ली चारैतिर छरिएर बिस्तार गरिनु \ हुनु बढो अनौठो कुरा नभई गम्भीर विषय बनेको छ सत्ता सरका र सत्तासिन दलालहरुले अनुगमन गर्दैन ! बैंक तथा बित्तीय संस्थाहरुको अनुगमन शून्य छ ।

उनीहरुले दिने सेवा र सेवाग्राही बीचको सम्बन्ध, सरलीकरण प्रती कुराहरु आउँछन् तर उनिहरुको सेवा कुन अवस्थामा छ यस प्रती कुनै चासो संबंधित निकायको छैन् । जसले गर्दा मनपरी रुपमा गाउँ -गाउँ , गल्ली – गल्ली छिरेर यस्ता संस्थाहरुले आफ्नो हैकम जमाएको पाहिन्छ ।

बैंक मालिक नै अहिलेको अवस्थामा जनता लुट्ने पुँजीवादका मालिकहरु भएका छन् ।
आज देशमा बैंक तथा बित्तीय संस्थाका कारण हजारौं मानिसहरु घरवारविहीन बनिसकेका छन् बन्न बाधय भएका छ्न भने अबको केही समय भित्र यसको संख्या दुइगुणा बड्ने निश्चित छ । यो आजको दलाल साम्राज्यवादको निगम पुँजिवादका कारण उत्पन्न समस्या हो यो एकीकृत बित्तीय एकाधिकार पुजीवाद पुजिपती द्वारा उत्पन्न समस्या हो ।

आज सेवाग्राहीको सामान्य अवस्था नहेरी उसको अचल सम्पत्तिको गिद्दे नजरमा चर्को ब्याजदरमा ऋण प्रवाह गरेर आफ्नो साम्राज्य बढाउने उद्देस्य सहित अगाडि बढिरहेको बित्तीय एकाधिकार पुजीवादले । बैंक तथा बित्तीय संस्थाका कारण ग्रामीण छेत्रमा सबैभन्दा बढी पिडित बनेका छन् ।

पहिला सहर केन्द्रित रहेर बिस्तार गरिएका बैंक तथा बित्तिय संस्थाहरु अहिले गाउँ देखि सहरसम्म केन्द्रित रहेर काम गरिरहेका छन् । बिशेषगरि गाउँमा महिलाहरुलाइ भेला गराएर उनिहरुलाई समुहमा बिभाजित बनाई, विभिन्न प्रलोभन र विशेषता देखाई फसाइरहेको तथ्य हामिले देख्न सकिन्छ त्यसका भागेदारी तपाईं हामी छौ ।

जसले गर्दा महिलाहरु आफ्नो जिविकोपार्जन गर्ने सामान्य कार्य समेत गर्न मुस्किल बनेको प्रशस्त उदाहरणहरु छन् । चर्को ब्याजमा ऋण प्रवाह, अनावश्यक सेवा शुल्क, बिमा शुल्क इत्यादी थुपार्दै उनिहरुको सामान्य कमाई समेत लुट्ने प्रवृत्ति गाउँ – ठाउँमा देख्न सकिन्छ । यदि यहि अनुपातमा बित्तीय संस्थाले आफ्नो कार्य अगाढी बढाउदै लैजाने हो भने अबको केही बर्षमा देशको गरिबिको अनुपात चौगुणा निश्चित नै बड्ने देखिन्छ ।

हामीले सुन्ने गरेका छौ , तराईमा एक जना किसानले भैंसी पालनका निम्त्ती लिएको ऋण चुत्ता गर्न नसक्दा किसानको भैसीनै जफत गरिएको थियो साथै बैंक को ऋण केही समय तिर्न नसक्दा एक किसानको ३७ रोपनी जग्गा बैंक , दलाल, प्रशाशन मिलेर मिलेर बेचिएको थियो र ऋण चुत्ता गर्न पुग्दा लिलामी भईसकेको खबरहरु आएका थिए ।

यो अवस्था सृजित हुनु ऋणि को अर्थात किसानको दोष होइन यो दलाल ब्यवस्था र यहि ब्यवस्थामा संचालित राज्यद्वरा मान्यताप्राप्त बैंक तथा बित्तीय संस्थाहरुको हो । सामान्य रुपमा ब्यत्तिको धरातल नहेरी उसको सानो आयस्रोतमा समेत आफ्नो कब्जामा पार्ने उद्देश्य सहित बैंक तथा बित्तिय संस्थाहरु अहिले देशैभर कुना कुना पुगेका छन् ।

उनीहरुले सामान्य आयस्रोत नभएकालाई समेत ऋण प्रवाह गरि उसको सरल जिवनयापनलाई समेत ह्रास तुल्याउने कार्य गरेका छन् अग्रिम शत्प्रतिशत लगानी र कागजी प्रकृयाले गर्दा मेहेनती अथवा खास किसान शोषणमा परेका छन् । यस्तो अवस्थाले हजारौं ऋण खोजेर ब्यवासाय गर्नेहरु निराश हुनुपरेको छ भने किसानहरुको मारमा परेका छ्न श्रमजीवीहरु कटौती हुँदै गएका छ्न् ।

यो सबै निगम पुजीवादको कारण , बैंक मालिकहरुको लुट्ने धन्धाका कारण हुन । यदि समयमै यसको निराकरण गरिएन भने देशमा अर्थबजार दलालीकरण हुँदै बिदेशी स्वामित्तमा पुग्ने पक्का छ साम्राज्यवादि द्लाल पुजिमा दिनप्रतिदिन केन्द्रित हुँदै गएको छ यसकारण जबसम्म बिकासको नाममा साम्राज्यवादि पुजी एकाधिकार र एकीकृत रुपमा प्रयोग भइरहन्छ तबसम्म देशको आर्थिक आधार र राजनीतिक उपरिसरचनामा दलाल पुजि र पुजीवादीहरुको वर्चस्व कायम रहिरहनेछ रहन्छ देशमा हुने बिकासले देशको सम्पत्ति वृद्धि गर्न कुनै पनि योगदान गर्न सक्दैन त्यसको बिपरित देश र जनतालाई गरिब बनाउन र रास्ट्रको आर्थिक अवस्था कंगाल बनाउने निश्चित नै छ अहिलेको नवउदार एकाधिकार बित्तीय पुजीवादले पुजिको निर्यातले अल्पबिकसित र बिकास उन्मुख रास्ट्रहरुका शासक राज्यसत्ता अवयबहरुमा आफ्न द्लालहरुलाइ स्थापित गर्ने र दलाल हुन अस्विकार गर्नेलाइ सत्ताच्युत गर्ने मात्र नभई भौतिक रुपमा नै हत्यासम्म्को क्रूर नवउपनिवेश कायम गरिरहेका छ्न आज साम्राज्यवादि पुजीवादी द्लाल बाहेक देशभक्त सत्तामा रहने वातावरण छैन जसले आफ्नो बिरोध गर्छ्न, ती देशहरुलाई आर्थिक मन्दी सैन्य धम्कीको सामना गरिए देख्न सकिन्छ आजको यसप्रकारको बित्तीय निगम एकाधिकार साम्राज्यवादि पुजीवादीहरुको बिचमा कस्ले सबैभन्दा बढी बित्तीय लगानी कसले गर्ने प्राकृति र पर्यावरणलाई कसले बढी दोहन गर्ने बजार कस्ले कब्जा गर्ने भन्ने विषयम अहिले सत्रुतापूर्ण होडबाजी चलेको छ ।

अहिले इराक ईरान् अफगानिस्तान सिरिया लगाएताक देशहरुमा गरिएका सैन्य आक्रमण धार्मिक प्रचारप्रसार चीन अमेरिका भारत को बिचमा चलिरहेको ब्यापार युद्ध र नेपालमा अहिले चर्चामा रहेको एमसिसी mcc यसका मुख्य ज्वलन्त उदाहरण हुन ।

यसबाट के निष्कर्षमा पुग्न सकिन्छ भने जबसम्म देशमा सम्पुर्ण देशवासी नागरिकले रोजगारी गर्ने ब्यबस्था हुदैन श्रमजीवी र श्रमिकशक्ति पुर्णरुपमा स्वतन्त्र हुदैन जबसम्म उत्पादक शक्तिले उत्पादनका सम्पुर्ण स्रोत साधनमाथी स्वतन्त्रतापूर्वक नियन्त्रण गर्न सक्दैन जबसम्म प्राकृति स्रोतसाधन श्रमिक जोडने ब्यबस्था हुदैन तबसम्म दलाल एकाधिकार पुजि कायम रहिरन्छ यसरी छाइरहेको भुमण्डलिकृत एकीकृत एकाधिकार पुजीवादको विरुद्ध सम्पुर्ण सर्वहारा श्रमजीवी जनता एक भएर नउठदा नजुटदा एकीकृत जनक्रान्तीको बिद्रोहको मसला नबाल्दा सम्म यसको विकल्प अरु कुनै हुने छैन आज द्लाल ससदवादिहरुले भन्ने गरेको समाजवादको एकरथी तुक छैन समाजवादको फन्डामेन्टल आधार तयार नगरी शोषक र शोषित एकै समुहमा जम्मा गरि समाजवाद हो भन्नू बाघलाई बाख्राको गोठालो बनाउनु जस्तै हो यो द्लाल ससदिय ब्यबस्थाको ढोङ्ग प्रचार हो ।

जबसम्म प्रचुर मात्रामा उत्पादनको गर्न सकिदैन स्रोत साधन सिमित हुन्छ्न निजि स्वामित्व कायम रहन्छ तबसम्म समाजवाद संविधान लेखेर आउदैन उत्पादन सहितको आत्मनिर्भर आधार तयार नगरि समाजवादमा जानू हिजो पेरिस क्युन च्युत भएको उदाहरण जस्तै हो! यसर्थ आज नेपालको रास्ट्रय पुजिपती वर्ग दलाल पुजीवादमा रुपान्तरण भएको छ फासिज्वम पुजिपती ब्यापारी र राजनीतिक दलका नेताकार्यकर्ता राज्यसत्ता मिलेर ब्यक्तिगत मनोपोलिसी लागू गरेका छ्न र पुजिपतिले म कम्पनी खोल्छु उधोग खोल्छु लगानी गर्छु अरुलाइ खोल्न नदे भन्ने सम्झौतामा अडिग हुन्छ यसर्थ आज राष्ट्रिय पुजीवाद दलाल पुजीवादमा रुपान्तरण भएको छ यसकारण दलाल संसदिय ब्यबस्था आवधिक चुनाव समाजवाद र नयाँ जनवादी क्रान्ति बाट क्रमभङ्गको सम्भावना नभई बैज्ञानिक समाजवाद बाट मात्रा सम्भव छ यो आजको आधुनिक बिज्ञानमा आधारित अकाट्य नियम हो उच्चतम मानव सभ्यताको समाज बैज्ञानिक समाज त्यो बैज्ञानिक समाजवादि ब्यबस्था हो ।

यसकारण आजका सम्पूर्ण सर्वहारा श्रमजीवी जनता क्रान्तिकारी देशभक्तहरु एकताबद्ध भएर एकीकृत जनक्रान्तीको बिद्रोह मसाल बाल्दै आफ्नो अमुल्य मत जनमत सङ्ग्रह मार्फत बैज्ञानिक समाजवादी ब्यबस्था प्राप्ति गर्नु विकल्प छैन । यो नै सम्पुर्ण श्रमजीवी सर्वहारा जनताको निर्णायक क्रान्ति हो ।

Facebook Comments