• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्थमन्त्रीको बिरोधपछि प्रतिबन्धात्मक बस्तु आयात गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा रोकियो




परिमाणात्मक बन्देज लगाइएको वस्तु खुलाउने प्रस्तावमा मन्त्रिपरिषद् बैठकमा विवाद भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सुपारी, केराउ, मरिच आयात खोल्न गएको प्रस्तावमा विवाद भएको हो।

सोमबारको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नचाहिने वस्तुको आयात गर्न नहुने भन्दै असहमति जनाएका थिए। स्रोतका अनुसार शर्माले सुपारी गुट्खा उद्योगलाई चाहिए पनि केराउ किन आयात गर्ने भन्दै प्रधामन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका थिए।

‘सुपारी त गुट्खा र पान उद्योगलाई चाहिएला। तर केराउ आयात धेरै गर्नुको कारण के हो ?,’ शर्माले प्रश्न गर्दै भनेका थिए, ‘अहिलेनै हामी डलर संचिति घटेर समस्यामा छौं। फेरि नचाहिने वस्तु आयात गरेर समस्यामा पर्नेे काम नगरौ।’

उनलेे चाहिनेे भन्दा बढी केराउ र मरिच आयात गर्न दिँदा विदेशी मुद्रा वाहिरिने बताउँदै नेपालमा धेरै खपत नहुनेे वस्तु आयात गर्नुको औचित्य नभएको जिकिर गरेका थिए। अर्थमन्त्री शर्माले प्रश्न उठाएपछि यो प्रस्ताव मन्त्रिपरिषद्लेे पास गरेन। एक मन्त्रीका अनुसार बैठकमा विवाद भएपछि उद्योगसँग परामर्श गरेेर प्रस्ताव ल्याउनेे गरि मन्त्रिपरिषद्को आर्थिक पूर्वाधार महाशाखामा फिर्ता पठाइएको छ। ‘अर्थमन्त्रीलेे गम्भीर असहमति जनाएपछि यो प्रस्ताव पास भएन ,’ उनलेे भने।

यस्तो छ कोटाको सेटिङ

सुपारी, केराउ, मरिच लगायतका वस्तु नेपालमा खपत कम छ। तर नेपालमा खपतका लागि भन्दै केही व्यवसायिक समूहलेे यो वस्तु आयात गरेर भारत अवैैध रुपमा पठाउने गर्छन्।

भारतमा भन्दा नेपालमा भन्सार कम भएको फाइदा उठाउँदै ती व्यवसायीले यहाँ ल्याएर अवैध रुपमा पठाउँछन्। भन्सार अन्तरको नाफा करोडौं हुने भएकालेे ती व्यवसायीले सरकारको नेतृत्व गर्ने र उद्योगमन्त्रीसम्मलाई खुशी पारेर कोटा आफ्नो पोल्टामा पार्छन्। अहिले उद्योग मन्त्रालय प्रधानमन्त्री स्वयं प्रधानमन्त्री देउवाले हेर्छन्।

अहिलेे उद्योगलाई सुपारी अभाव भएको भन्दैै कोटा खोल्न लागिएको हो। त्यसैै बेला केेराउ र मरिच पनि थपिएको छ। सुपारी आयातमा अर्थमन्त्री पनि सकारात्मक नै देखिन्छन्। स्रोतका अनुसार श्रीराम टोबाको, उपकार गुट्खा र देउती गुट्खा उद्योगको नाममा सुपारी आयात खुला गर्न खोजिएको छ। तीन वटा गुट्खा उद्योगका लागि भन्दै अरु व्यवसायीलाई आयात गर्न दिने गरी खुला गर्न योजना बनाइएको हो।

श्रीराम टोबामा कमलकिशोर मालपानी र चुन्नुप्रसाद शर्मा पौडेलको लगानी छ। श्रीराम टोबाकोले भोला र करेन्ट ब्राण्डमा गुट्खा उत्पादन गर्दै आएको छ।

यो समूहको करेन्ट चाउचाउ उद्योग छ। कैलालीको लम्की चुहामा देउती गुट्खा उद्योग छ। यो उद्योगले मेघा श्री भन्ने गुट्खा उत्पादन गर्दै आएको छ। यो उद्योगका मालिक यज्ञप्रसाद ओली हुन्।

तर यो उद्योगको नाममा थोरै परिमाण मात्रै सुपारीको कोटा छ। यो भन्दा बाहेक सुपारीका पुरानै कारोबारी प्रदीप मित्तल र दिनेश राठीकै पोल्टामा कोटा दिइएको स्रोतले बतायो। स्रोतका अनुसार प्रदीपलाई २५ सय टन सुपारीको कोटा दिइएको छ।

स्रोतका अनुसार यी तीन उद्योगले वार्षिक १० हजार टन भन्दा बढी सुपारी खपत गर्दैनन्। मालपानीका अनुसार श्रीराम टोबाकोलाई दैनिक १५ टन सुपारी चाहिन्छ। यो आधारमा यो उद्योगलाई वार्षिक ५ हजार टनभन्दा बढी सुपारी चाहिँदैन। सबैभन्दा बढी गुट्खा चल्ने भनेको यही उद्योगको हो। यो भन्दा बाहेक अरु दुई उद्योगको सुपारीको खपत ज्यादै कम छ।

अघिल्लोपटक केपी शर्मा ओली सरकारको पालामा समेत २५ हजार टन सुपारी आयात गर्न दिने निर्णय भएको थियो। सीमित व्यापारीलाई पोस्ने गरी आयात गर्न दिने निर्णय भएको थियो।

इन्डोनेसियाबाट ल्याएको सुपारी नेपालमै उत्पादन गरेको भन्दै भारत पठाउने गरिएको बिजमाण्डुमा खबर छ ।

Facebook Comments