नेकपा माओवादी केन्द्रका नेताद्वय बर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’बीच भेटवार्ता भएको छ ।
नेता पुन चीनबाट स्वास्थ्यलाभ गरेर फर्केपछि अर्थमन्त्रीसमेत रहेका नेता शर्माले अनन्तलाई भेट गरी पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनबाट दुबै नेताको नाम महासचिवको प्रतिष्पर्धीको रुपमा चर्चामा छ । नेताद्वयबीच पार्टी संगठनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा पनि संवाद भएको थियो । पार्टीलाई गति दिन उहाँहरुबीच मिलेरै अगाडि जाने बिषय छलफल भएको स्रोतले जनाएको छ ।
दुबै नेतालाई पार्टीमा भावी नेतृत्वको रुपमा धेरै नेता कार्यकर्ताहरुले हेरेका छन् । संभावना बोकेका दुबै नेताहरुलाई सहकार्यका साथ अघि बढ्न र पार्टीलाई जीवन्त बनाउने गरी निर्णय गर्न पनि अधिकांश नेता कार्यकर्ताहरुको जोड रहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।