• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा दाङद्वारा दिबंगत सुदीपप्रति श्रद्धाञ्जली




दाङ, १२ माघ। नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका दाङ जिल्ला बिशेष कमिटी सदस्य नर बहादुर घर्ती(सुदिप)को सडक दुर्घटनाबाट भएको निधनबाट पार्टी गम्भीर एवं दुखित भएको जनाएको छ।

नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शीतल र पार्टीका दाङ जिल्ला सेक्रेटरी प्रदीपले आज संयुक्त एक शोक वक्तव्य जारी गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ अन्तर्गत राप्ती राजमार्गको तुलसीपुर( सल्यान सडक खण्डमा बाटो निर्माण हुँदै गरेको र सहायक बाटोबाट तुलसीपुरतर्फ आउदै गर्दा बाटो माथिबाट पहिरो झरिरहेको र उक्त पहिरोमा परेर पार्टी जिल्ला बिशेष कमिटी सदस्य एवम जनमुक्ति सेना नेपालका प्लाटुन भाइस कमाण्डर सुदीपको दुखद निधन भएको कुराले दाङ जिल्ला पार्टी गम्भीर र दुखित भएको जनाइएको छ।

शोक वक्तव्यमा दुखद घडीमा मृतक सुदीपप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ भने घरपरिवार,पार्टी परिवार,इष्टमित्र,साथिभाई सबैमा गहिरो समबेदना प्रकट गरिएको छ।

साथै वक्तव्यमा उक्त बाटो निर्माणको क्रममा आम जनताहरुले विभिन्न समस्या झेल्दै आएको, दुर्घटनामा मानविय क्षती हुँदासम्म सम्बन्धित सडक निर्माण कम्पनी,सडक डिभिजन कार्यालय र सरोकारवाला सबै पक्षहरुको सडक निर्माण प्रक्रियामा सहज आवागमनको लागि सुरक्षित र वैकल्पिक निकास दिन नसक्नु अत्यन्त दुखद र गम्भीर समस्या भएकाले आगामी दिनहरुमा तत्काल सहज आवागमनका लागि सम्बन्धीत पक्षलार्इ ध्यानाकर्षण समेत गराइएको छ।
शोक वक्तव्यको पुर्णपाठ

No description available.

Facebook Comments