• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रहरीको यान्की अप्रेशनमा यसरी समातिए कारागारबाट भागेका परियार




दाङको घोराही कारागारमा कर्तब्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेको बेला भागेर फरार भएका कैदी यमराज परिवार नेपाल–भारतको सिमा क्षेत्र जमुनाह नाकाबाट प्रक्राउ परेका छन् ।

कैदी फरार प्रकरणको प्रहरी कार्यालयबाट गठित छानबिन तथा खोजतलास समितिका संयोजक र ओरियन्टेशन यान्की कमाण्डर जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले परियारलाइ पक्राउ गरेको हो ।

भारतीय समकक्षीहरुका समन्वयमा परियारलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी कैदी परियारलाई सार्वजनिक गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाह नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपचारका लागि भन्दै अस्पताल लगिएका परियार गत पुस ८ गते साथमा गएका प्रहरी जवानको मोटरसाईकल लिएर भागेका थिए ।

२० वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए ।

Facebook Comments