सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको शनिबार बिहान बसेको बैठक सम्पन्न भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पूर्व स्थायी समिति र आयोगका अध्यक्षहरु बसेको आजको बैठकमा आगामी स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको बताइएको छ ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार आजको बैठकमा स्थानीय, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्ने सम्बन्धमा छलफल भएको छ । यो बैठक अनौपचारिक हो ।
यसमा पार्टी अध्यक्ष प्रचण्डले आगामी चुनावहरुबारे धारणा व्यक्त गर्नुभयो ।
बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ।
बैठकमा बाँकी रहेका संगठनात्मक काम टुंग्याउने जिम्मा पनि अध्यक्ष प्रचण्डलाई दिने निर्णय भएको पार्टी नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले एमसिसीको विषयमा चर्को बहस भइरहेकाले त्यसलाई समाधान गर्न पार्टीले कार्यदल बनाएको र कार्यदलको सुझावपछि मात्रै परिमार्जनसहित अघि बढ्ने विषयमा छलफल भएको बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।