दाङमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गढवा गाउँपालिका २ निवासी अन्दाजी करिब ३३ बर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।
शुक्रवार बिहान साढे ७ बजेतिर घर नजिककैको रुखमा स्याउला काट्ने क्रममा रुख ढल्दा यादवको मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।