• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रियसभा निर्वाचनः संविधान रक्षामा लाग्ने गठबन्धन उम्मेदवारहरुको प्रतिबद्धता




माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको प्रतिष्पर्धामा रहेको पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले संविधानको रक्षा र कार्यान्वायन नै आफूहरुको साझा प्राथमिकता रहेको बताएको छन् ।

चुनाव प्रचारको क्रममा घोराहीमा गठबन्धनले आयोजना गरेको उम्मेदवार तथा जनप्रतिनिधि भेटघाट कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका उम्मेदवार तुलप्रसाद विश्वकर्माले आफूहरु देशको राजनीतिक परिस्थितिले एक ठाउँमा आएको भन्दै गठबन्धनको सान्दर्भिकता पुष्टि गरेरै अघि बढ्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र दाङका संयोजक तुलसीराम पुन ‘सुवास’को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले उम्मेदवारलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय जीवन गौतम र निर्मल आचार्य, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले शुभकामना दिनुभएको थियो ।

कार्यक्रम सञ्चालन नेकपा (एकीकृत समाजवादी) दाङका अध्यक्ष सुरामणि बेलबासेले गर्नुभएको थियो ।

Facebook Comments