• ८ माघ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेता सुदर्शन र कुबेरबीच भेटघाट, राजनीतिक विषयमा छलफल




दाङ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली (सुदर्शन) र नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका सदस्य कुबेर वलीबीच भेटघाट भएको छ।

शुक्रबार माओवादी केन्द्रका नेता कुबेर वलीको निजी निवासमा भेटघाट भएको हो।

भेटघाटमा सबै क्रान्तिकारी कम्युनिस्टहरु बीच एकता हुनुपर्ने लगाएत पछिल्लो समसामयिक राजनितिक परिस्थितिका बारेमा छलफल भएको थियो।

दलाल संसदीय व्यवस्था नै सबैखाले संकटको मुल कारण भएको भन्दै यो व्यवस्थाको समुल नस्ट गर्न आफ्नो पार्टी एकीकृत जनक्रान्तीको कार्यदिशा लिएर जनतामा गइरहेको न्युजराप्तीलाई नेता शुदर्शनले बताउनुभएको छ।

नेपालमा देखिएका राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक लगाएत तमाम समस्याको निर्विकल्प समाधान वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना भएको समेत नेता शुदर्शनले न्युजराप्तीलाई बताउनुभएको हो।

नेकपाका नेता शुदर्शन दाङ आएको अवसरमा माओवादी केन्द्रका नेता कुबेर वलीसंग भेटघाट तथा समसामयिक राजनितीक परिस्थितिका बारेमा छलफल भएको हो।

भेटघाटमा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगरका इन्चार्ज बिकाश वलीको समेत सहभागिता रहेको थियो।

Facebook Comments