• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय सभा चुनाव प्रचारः गठबन्धनका उम्मेदवार आज दाङमा




माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दलहरुले प्रचारप्रसार तीब्र बनाएका छन् । जसन्तर्गत आज शुक्रवार सत्ता गठबन्धनका उम्मेदवार दाङ आएका छन् । उनीहरुले अहिले विहान ११ बजे घोराहीको होटल सिटी प्लाजामा जनप्रतिनिधिसँग भेटघाट आयोजना गरेको नेकपा एकीकृत समाजवादी दाङका अध्यक्ष सुरामणि बेलबासेले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट बाँकेका नेपाली कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा (राजेश) चुनावी मैदानमा उत्रेका छन् ।

लुम्बिनीमा रिक्त ३ पदका लागि माघ १२ गते दाङमा निर्वाचन हुनेछ । यहाँ प्रदेशसभाका ८१ र पालिकाका प्रमुख उपप्रमुख २१५ जना गरी २ सय ९६ जना कुल मतदाता छन् ।
एमालेका रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर बिकले उम्मेदवारी दिएका छन्।

यसमध्ये लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० देखिन्छ भने एमालेको कुल मतभार ३ हजार ३ सय १२ मतभार देखिन्छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २९६ हो। प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन्। लुम्बिनीमा प्रदेश सांसदको संख्या ८१ छ। स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१५ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

८१ प्रदेशसभा सदस्यको मतभार कुल ३ हजार ८ सय ८८, स्थानीय तहतर्फको कुल मतभार ३ हजार ८ सय ७० गरी यो प्रदेशको कुल मतभार ७ हजार ७ सय ५८ छ। यसमध्ये प्रदेशसभा सदस्यमा गठबन्धनका नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जना सांसद छन्। जसको कुल मतभार २१ सय १२ हुन्छ।

त्यसैगरी गठबन्धनकै स्थानीय तहतर्फ कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राजमोका ५ र नेकपा एकीकृत समाजवादीका ४ प्रमुख तथा उपप्रमुख छन्। गठबन्धनको स्थानीय तह तर्फको कुल मतभार २१७८ हुन्छ। लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० छ।

Facebook Comments