• ८ माघ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आज पनि हल्का वर्षा र हिमपातको संभावना




आज पनि पहाडी तथा हेमाली क्षेत्रमा धेरै भागमा हल्का वर्षा तथा हिमपतको संभावना रहेको छ ।
पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसविद् शान्ति कँडेलका अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि सिमसिम पानी परिरहेको छ।

आज दिउँसो कतै कतै केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने कँडेलले जानकारी दिइन्।

‘यो प्रणाली सोमबारसम्म रहने देखिन्छ, फेरि अर्को प्रणाली नआए त्यसपछि मौसम सफा हुनेछ’, कँडेलले भनिन्, ‘अहिले काठमाडौंसहित प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ। उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ। आज दिउँसो पनि मौसम खुला हुन्न।’

यस्तै, राति पनि देशका एक/दुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ।

 

Facebook Comments