देशको हिमाली तथा पहाडी भूभागमा हिमपात शुरु शुरु हुन थालेको छ । जसका कारण चिसो ह्वात्तै बढेको छ भने जनजीवन प्रभावित भएको छ । त्यसो त हिमाली जिल्लाहरुमा यसअघिकै हिउँ पनि कम भइसकेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम केही दिन रहने छ ।
देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
हाल देशमा पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सुरकुहिरो लागेको छ। मधेस प्रदेशमा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।त्यस्तै हिमाली जिल्लाहरूमा पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ । जुम्लामा माइनस २.५ डिग्री सेल्सियससम्म तापमान कायम भएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ ०६ गते बिहीबार
दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
२०७८ माघ ०७ गते शुक्रबार
दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू(भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
२०७८ माघ ०८ गते शनिबार
दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
क्याप्सनः रुकुमपूर्वमा परेको हिउँ । तस्विरः गणेश ओली
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।