दाङ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले पेट्रोलियम पदार्थमा भएको चर्काे मूल्यबृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो मूल्यबृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको चर्काे मूल्यबृद्धि तत्काल खारेज गरि पदार्थमा भइरहेका चुहावट र भ्रष्टचारी कर्मचारीहरुमाथि कारबाही तथा वैकल्पिक र आत्मनिर्भर अर्जाको उत्पादनसँगै प्रयोगमा जोड दिन संगठनले विशेष माग गरेको हो ।
आयल निमगमले बुधबार रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेकोप्रति संगठनले गम्भीर ध्यानाकर्षण जनाउँदै देउवा सरकारको अमानविय र संवेदनहिन कदमको घोर निन्दा एवं भ्रत्सर्ना गरेको शाहीले हस्ताक्षेरित गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्य नघटाएसम्म देशव्यापी चरणबद्ध संघर्षमा उत्रिने समेत विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति ः
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।