दाङ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ । नेपाल आयल निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेलरमट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको जनाएको हो ।
पेट्रोलियम पदार्थमा साबिक मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बृद्धि हुँदा अबदेखि पेट्रोलमा प्रतिलिटर १३९ रुपैयाँ र डिजेल र मटितेलमा १२२ रुपैयाँ पुगेको छ ।
पदार्थको मूल्य समायोजन गरेको भएतापनि निगमलाई १५ दिनमा १ अर्ब ८८ करोड घाटा लाग्ने निगमले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
घाटा भएतापनि खाना पकाउने ग्याँसमा मूल्य बृद्धि नगरिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।