दाङ, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले भ्रष्ट वडा अध्यक्षमाथि जनकारबाही गरेको छ।
बुधबार छेडागाड नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम बहादुर केसीलाई कालोमोसो सहित जुत्ताको माला लगाएर जनकारबाही गरिएको संगठनले जनाएको छ।
अखिल(क्रान्तिकारी) जाजरकोट जिल्ला समितिले सामाजिक संजाल फेसबुक मार्फत संगठनद्वारा भ्रष्ट वडा अध्यक्षलाई कारबाही गरिएको जनाउदै कारबाही किन भनेर ९ बुदे कारण समेत उल्लेख गरेका छन।
भ्रष्ट वडा अध्यक्ष केसीमाथी कारवाही गर्नुको कारण यस्ता रहेका छन:
१) जनविकास माबी छेडा नगरपालिका वडा नं.६ को फिल्ड निर्माणबाट ९ लाख रुपैया हिनामिना गरेकाले।
२)अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएकाले।
३)राधेदेखि बिराखोला सडक स्तरउन्नतिबाट ५ लाख रुपैयाँ हिनामिना गरेकाले।
४) राधेदेखी गर्खदेखीसम्म सडक स्तरउन्नतिबाट ४ लाख हिनामिना गरेकाले।
५) कोभिड-१९ नियन्त्रण गर्न उपलब्ध भएको रकम रु.७८००० वडा सचिवको किर्ते हस्ताक्षर गरि चेक साटेर हिनामिना गरेकाले।
६) बाहुन गाउदेखि अफ्गान खानेपानी योजनाबाट २५ लाख हिनामिना गरेकाले।
७) स्वास्थ्य चौकिको सोलार खरिदमा सबै काम सम्पन्न भइसकेको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएकाल्व।
८) थालिखोला मुहानबाट जेवा खानेपानी योजनाबाट ७ लाख रुपैयाँ हिनामिना गरेकाले।
९) सरकारले बिकास योजनामा दिएका प्राप्त बजेटलाई काम गुणस्तरीय नगरी आफ्नो जीवन मात्र समृद्ध बनाएकाले।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।