• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा यसरी मनाइयो बाख्रा दिवस (खसी बोकाको मूल्यसूचि पनि हेर्नुहोस्)




दाङ । नेपाल व्यावसायिक बाख्रापालक महासंघ जिल्ला समिती दाङले बाख्रा दिवस मनाएको छ।

नेपाल; बाख्रा संगसंगै हामी, प्रथम राष्ट्रिय बाख्रा दिबस भन्ने मुल नाराका साथ महासंघले माघ ४ गते आजकै दिन नेपाल व्यावसायिक बाख्रापालक महासंघको स्थापना गरेको अबसरमा बाख्रा दिवस मनाएको हो।

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र घोराही दाङका प्रमुख डा.सुदाम भट्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य पबित्रा घर्ती,महासंघका प्रदेश कमिटी सह-सचिव गौरिकला रोकाय,महासंघका दाङ जिल्ला पुर्व अध्यक्ष खुशल घिमिरे,पशु सेवा शाखा तुलसीपुरका प्रमुख डा.मनोज ओली ,भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ दाङका अधिकृत कृष्ण न्यौपानेको आतिथ्य रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी समेत रहेका भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङका प्रमुख डा.सुदाम भट्टले कृषि उत्पादन तथा बाख्रापालन सम्बन्धि सम्पुर्ण कार्ययोजना तर्जुमा गर्दा महासंघसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउदै आगामी बर्षदेखि राष्ट्रिय बाख्रा दिवस बिज्ञ केन्द्रले आयोजना गर्ने जनाउनुभएको थियो।

नेपाल व्यावसायिक बाख्रापालक महासंघ दाङ जिल्ला सदस्य टेक बहादुर डागीले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता महासंघ दाङ जिल्ला अध्यक्ष दिपेन्द्र वलीले गर्नुभएको हो।

यस्तै महासंघले दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय दाङलाई मासुजन्य जिवित बाख्रा मुल्यको सुचि,प्रजननयोग्य/बीउ बाख्राको बिक्रीको मूल्य सुचिको दररेट प्रमाणीकरण गर्नको लागि आग्रह गरेको छ।

मासुजन्य जिवित बाख्रा मुल्यको सुचि:

बीउ बिजनको बिक्रीको मूल्य सुचि:

Facebook Comments