दाङ, २ माघ । नेपाल सरकारले पछिल्लो समयमा बढ्दो कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सिनेमा हल, जिम हल तथा नाइट क्लबहरु बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो ।
नेपाल सरकारको प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबदादुर कार्कीले आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार मन्त्रीपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै उनले सिनेमा हल, जिम हल र नाइट क्लब, दोहोरी, फुट्सल माघ १५ गतेसम्मका बन्द गरिएको जानकारी छन् ।
त्यसैगरी सरकारले विद्यालय, विश्वविद्यालय, कलेज,स्कूल लगायतका अन्य शैक्षिक कार्यक्रमहरु माघ १५ गतेसम्म बन्द गरेको छ । तर, यो अवधिसम्म वैकल्पिक माध्यमको प्रयोग गरि पठनपाठनको प्रवन्ध मिलाउन समेत सरकारले निर्देशन दिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।