• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रत्येक जिल्लामा डेडिकेटेड अस्पताल बनाउन विज्ञहरुको प्रधानमन्त्रीलाई सुझाव




विशेषज्ञ चिकित्सकहरूले तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणमा लिन परीक्षणको दायरा बढाउन र काठमाडौं उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पताल बनाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा सहभागी चिकित्सकहरूले आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणबारे छलफल गरेका थिए । सहभागी चिकित्सकले नेपालमा कोरोना संक्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको संक्रमणदरलाई कसरी रोक्ने भन्ने विषयमा सुझाव दिएका थिए । तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन चाल्नुपर्ने कदमबारे चिकित्सकले ध्यानाकर्षण गराएका थिए ।

चिकित्सकहरूले लकडाउन गर्नुपरे पनि देशव्यापी रूपमा नभई स्मार्ट लकडाउनका रूपमा गर्न सकिने सुझाव राखेका थिए । कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाउनुपर्नेमा उनीहरूको जोड थियो । खोप लगाउने क्रममा देखिएको भिड कम गर्न चिकित्सकको सुझाव छ । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो ।

Facebook Comments