• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खानेपानी योजनामा राजनीतिक विवाद, योजना अधुरै रहँदा उपभोक्तालाई सास्ती




घोराही । रोल्पामा राजनीतिक विवाद हुँदा खानेपानीको योजना अलपत्र अवस्थामा रहेको छ । राजनीतिक विवादका कारण रुन्टीगढी गाउँपालिका–७ बलबाङमा खानेपानीको योजना अलपत्र अवस्थामा पुगेसँगै त्यहाँका स्थानीय उपभोक्ताहरु समस्यामा परेका छन् ।

गाउँमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच खानेपानी मुहानको विषयमा विवाद हुँदा एक घर एक धारा खानेपानीको योजना अलपत्र अवस्थामा रहेको स्थानीयबासीहरुले बताएका हुन् ।

गाउँमा एक घर एक धारा खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ बलबाङमा वडापालिका, गाउँपालिका र प्रदेश सरकारको अनुदानमा २०७५ सालमा स्थानीयबासी चन्द्रबहादुर पुनको अध्यक्षतामा खानेपानी योजनाको निर्माणका प्रक्रियालाई अगाडि बढाइएको थियो ।

गाउँघरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच एक आपसमा राजनीतिक किचलो हुँदा वडाको ८ लाख, पालिकाको १२ लाख र प्रदेश सरकारको २० अनुदान बजेटले पनि खानेपानीको योजना सम्पन्न हुन नसक्दा स्थानीयबासीहरुले १४ दिन जनसम्म श्रमदान गरेको स्थानीयबासी टेकलाल चलाउनेले जानकारी दिए ।

खानेपानीको सहज हुने भन्दै त्यहाँका स्थानीय १२० घरधुरी मध्ये १०८ घरधुरीको संख्याले खुशी हुँदै छिटै खानेपानी पाइने भन्दै १४ दिनसम्म जनश्रदान गरेको भएतापनि तीन वर्ष बितिसक्दा समेत पानीको स्रोत वा मुलमै राजनीतिक विवाद देखिदा अझैसम्म योजनाको कामले पूर्णता पाउन नसकेको उनको भनाई थियो ।

गाउँमा एक घर एक धारा बनाएको एक वर्ष बितिसक्दा समेत अहिलेसम्म मेन पाइपमात्र जडानमात्र भएको हुँदा गाउँघरमा खानेपानीको विषयमा कांग्रेस र माओवादीले एक अर्कालाई अरोपप्रत्यारोप लगाउने काममात्र भइरहेको हुँदा सम्बन्धित पक्षहरुलाई जानकारी गराउँदा समेत सो विषयमा कुनै चाँसो नदेखाएको स्थानीयबासी टेकलालले सिस्ने अनलाइनलाई बताए ।

उता खानेपानी योजनाका अध्यक्ष चन्द्रबहादुर पुनले राजनीतिक विवादकै कारणले गर्दा खानेपानीको मुहान अहिलेसम्म टुंगो नलागेको बताएका छन् । खानेपानी योजनाको काम सकिएको भन्दै अब मुहानबाट पाइप जोडेर ट्याङकीमा पानी खसाल्नमात्र बाँकी रहेको उनको भनाइ थियो ।

नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिका ७ नं. वडाका सभापति चन्द्रबहादुर बोहराले राजनीतिक विवाद भन्ने कुरा सत्य नभएको बताए ।

बलबाङमा नेतृत्वहरुले खानेपानीको काम गर्दा तत्कालिन दुई तिहाई सकारको दम्बले नै खानेपानीको योजनमा समस्या आएको र गाउँ, टोल, छिमेक तथा समाजमा समन्वय नगरी अगाडि बढ्न खोज्ने दुई तिहाइको सरकारको अंकारलाई स्थानीयबासीहरुले प्रतिरोध गरेको उनको भनाइ थियो ।

खानेपानी योजनमा नेतृत्व तथा समितिका जिम्मेवारी पदाधिकारीहरुले स्थानीय सरकारले भनेको अनुसार काम गर्न नसक्दा आधा बजेट समेत फ्रिज भएकोे र शक्तिको आडमा जनतासँग सहजीकरण गर्न नसक्दा समस्या निम्तिएको नेता बोहराले सिस्ने अनलाइनलाई जानकारी दिए ।

त्यसैगरी रुन्टीगढी गाउँपालिका ७ वडाका वडाध्यक्ष जंगबहादुर घर्तीले राजनीतिक भन्दा पनि स्थानीयहरुले खानेपानीको मुहानमा नदिने भनेपछि योजनाले पूर्णता पाउन नसकेको बताएका छन् ।

वडाको कोबाङमा रहेको अलौचीबारी मुहान ल्याउने सर्तमा खानेपानीको योजना अगाडि बढाइएको भएतापनि त्यहाँका स्थानीयहरुले पानी नदिने भनेपछि सो विषयमा दुई पक्षबीच पालिकास्तरमा दुई पटकसम्म भएको छलफल निष्कर्षमा पुग्न नसकेको उनको भनाइ थियो ।

खानेपानीको मुहान बाहेक सबै संरचनाहरु सफल अवस्थामा पुगेको हुँदा अब ठुलै मुहानको स्रोत पहिचाहन गरी लिफ्टीङको व्यवस्था गर्नुपर्ने भएको बताउँदै वडा अध्यक्ष घर्तीले अब त्यसका लागि वडाको बजेटले नपुग्ने हुँदा सम्बन्धित निकायहरुसँग समन्वय गरी प्रक्रिया अगाडि बढाउने बताए ।

 

 

Facebook Comments