• १७ जेष्ठ २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संयुक्त विद्यार्थी संगठनद्वारा मेडिकल संचालक शर्मालाई सिंहदरवारभित्रै कालोमोसो




दाङ, ३० पुस । काठमाडौ लगाएत देशका विभिन्न स्थानमा मेडिकल शैक्षिक संस्था संचालक शुनिल शर्मालाई कालोमोसो दलिएको छ। संयुक्त विद्यार्थी संगठनले शुक्रबार  शर्मालाई सिंहदरवार भित्र कालोमोसो दलेको हुन् ।

यसअघि मेडिकल शिक्षामा चिकित्सा शिक्षा आयोगले तोकिएको भन्दा २० लाख बढी शुल्क असुली गरिएको भन्दै विद्यार्थीहरु आन्दोलन गर्दै आइरहेका थिए।

मेडिकल कलेजले लिँदै आएको शुल्क विवादसम्बन्धी विद्यार्थी र मन्त्रीसँग मन्त्रालयमा वार्ता सकाएर निस्कनेक्रममा शर्मालाई सिंहदरबारभित्रै कालोमोसो दलिएको थियो।

शर्मालाई दुर्व्यवहार गरेको आरोपमा ५ विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एस निकटको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन पक्राउ परेको बताएका छन।
यस्तै कालोमोसो दलेर कारवाही गरिएको विषयमा केही समयपछि संयुक्त बिद्यार्थी संगठनले प्रेस बिज्ञप्ति जारी गर्न लागिरहेको नेकपा निकट अखिल(क्रान्तिकारी) का एक नेताले  जानकारी दिएका छन।

 

Facebook Comments