मदन विसी /रुकुमकोट रुकुम पूर्व सिस्ने गाउँपालिका अध्यक्ष सहित ७ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । शुक्रवार रुकुम पूर्व अस्पतालमा गरिएको एन्टिजेन प्रशिक्षणमा ७ जनामा ओमिक्रोन देखिएको हो ।
१६ जनाको कोरोना परिक्षण गरिएकोमा ४ पुरुष र ३ महिला गरि ७ जनामा कोरोना देखिएको अस्पतालका डाक्टर क्षितिज नेपालीले जानकारी दिनुभयो । अन्य ९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
परिक्षण गराएका अधिकांश सिस्ने गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएको रुकुम पूर्व अस्पतालले जनाएको छ । सिस्ने गाउँपालिका अध्यक्ष बरालसहित उपाध्यक्ष गोबर्धन बुढा, स्वास्थ्य संयोजक सुरेन्द्र प्रसाद यादव, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिङ बुढा, सव इन्जिनियर गोविन्द खड्का र गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सुशिला पोखरेललाई ओमिक्रोन देखिएको छ ।
यस्तै सिस्ने ६ की २० बर्षिया महिलामा पनि ओमिक्रोन देखिएको छ । अध्यक्ष बराल सहित पोजेटिभ देखिएका सवैको स्वास्थ्य अवस्था सामान्य छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अन्य पोजेटिभ कर्मचारीहरु गाउँपालिकाको आवास गृहमा बस्नु भएको छ ।
समुदाय स्तरमा पनि ओमिक्रोनको संक्रमण फैलिएको हुन सक्ने भएकाले परिक्षण गर्न आउन रुकुम पूर्व अस्पतालले सवैमा अनुरोध गरेको छ ।
कोरोना परिक्षण प्रत्येक दिन दिउसो १ः०० बजेदेखि २ः०० सम्म हुनेछ । साथै आवश्यक स्वास्थ्य मापदण्डको पालना गरि दैनिक रुपमा गरिने कृयाकलाप सञ्चालन गर्न सवैमा अपिल गरिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।