हिमाल महरा
घोराही, २९ पुस । अम्बिकेश्वरी इनोभेशन सेन्टरको उद्घाटन तथा नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । अम्बिकेश्वरी क्याम्पसको आयोजना बिहीबार घोराहीमा रहेको क्याम्पसको आफ्नै भवनमा एक कार्यक्रमका बीच सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका अध्ययनका उप– प्राध्यापक बाललकृष्ण सुबेसीले लुम्बिनी प्रदेशमै यो क्याम्पस राम्रो भएको बताए । पछिल्लो चरणमा बिसिए, सिएसाईटी, बिआइएमको महत्वपूर्ण स्कोप भएको हुँदा यसको समाज परिवर्तनमा राम्रो भूमिका रहने उनको भनाइ थियो ।
यो प्रोग्राम मार्फत अम्बिकेश्वरी क्याम्पसले समाजमा आवश्यक पर्ने र चाहिने मेनपावर उत्पादन गर्दै विद्यार्थी, अभिभावक र शिक्षकको संचारमा समन्वयकारी भूमिका रहनुपर्नेमा उप–प्रध्यापक सुवेदीले जोड दिए ।
त्यस्तै राष्ट्रिय आविष्कारका प्रमुख महाविर पुनले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै समयको अभावले गर्दा कार्यक्रममा भौतिक रुपमा उपस्थिति जनाउन नसकेको बताए ।
अम्बिकेश्वरी इनोभेशन सेन्टरले अब नयाँ उत्पादनमा जोड दिनुपर्ने भन्दै अनुसन्धका लागि अब आविष्कार केन्द्र सातै प्रदेशमा खोल्नुपर्ने र इनोभेशन सेन्टर चलाउनदा नयाँ–नयाँ प्रोड्क्ट उत्पादनमा जोड्नु दिने तथा अहिलेको सूचना प्रविधिको प्रयोग गर्दै सेवा दिनु नै उत्पादन भएको बताए ।
अनुसन्धानको मुख्य उद्देश्य भनेको धेरै उद्यमीहरु उत्पादन गर्नु भएको बताउँदै उनले अनुसन्धान गर्दै जाने क्रममा गम्भीर हुँदै हार्ड वर्क गरि कुनै पनि प्रोड्क्ट उत्पदनमा जोड दिनुपर्ने बताए । राष्ट्रिय आविष्कारले भोलि गएर ब्याबसायीक हुने कुरामा सहयोग गर्ने उनले प्रतिवद्ध्ता जनाए ।
कार्यक्रममा अम्बिकेश्वरी क्याम्पस र भिएन कलेजको संयुक्त आयोजनामा दाङमा पुस २० गतेदेखि शुरु भइ बिहीबार सम्पन्न भएको बिआइएम क्रिकेट कप २०७८ को बिजेता तथा उप–बिजेताहरुलाई पुरस्कार वितरण गरिको छ ।
कपको बिजेता अम्बिकेश्वरी क्याम्पसलाई नगद २० हजार सहित प्रमाणपत्र, मेडल, ट्रफी र उप–बिजेता दीपशिखा कलेजलाई पुरस्कार सहित प्रमाणपत्र, मेडल, ट्रफी वितरण गरिएको हो ।
साथै खेलमा म्यान अफ द म्याच तथा प्लेर अफ द टुर्नामेन्टमा अम्बिकेश्वरी क्याम्पसका सन्देश पाण्डे, बेष्ट ब्याट्सम्यान दीपशिखा कलेजका विषम थापा, बेष्ट बलर अफ द टुर्नामेन्टमा दीपशिखा कलेजका आयुष थापा, बेष्ट फिल्डर अफ द टुर्नामेन्टमा अम्बिकेश्वरीका शिशिर डाँगी ,इरजिङ प्लेर अफ द टुर्नामेन्टमा अम्बिकेश्वरीका आशिष वली र बेष्ट कोच अफ द टुर्नामेन्टमा अम्बिकेश्वरीका बिपिनमणी आचार्य लगायतलाई ट्रफी तथा मेडल प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा बिसिए, सिएसआइटी र बिआइएका प्रथम सेम्मेटरमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो ।
कार्यक्रमलाई थप रमनीय बनाउका लागि लोक दोहोरीका टिमले दोहोरी गीत गाए भने विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरका थिए ।
अम्बिकेश्वरी क्याम्पसका अध्यक्ष द्रोण खड्काको अध्यक्षता एवं विज्ञान तथा प्रविधि मन्त्रालय अध्ययनका उप– प्राध्यापक बाललकृष्ण सुबेसीको प्रमुख अतिथि तथा क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालको विशिष्ट अतिथ्यता भएको कार्यक्रम अन्य अतिथिहरु, कलेज/क्याम्पसका प्रमुख, शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो ।
बिसिए कार्यक्रमका संयोजक नबराज बस्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी भरत रोकायले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।