हिमाल महरा
घोराही, २८ पुस । बिआइएम क्रिकेट कपको फाइनल खेलमा अम्बिकेश्वरी क्याम्पस बिजयी भएको छ । आज घोराहीमा सम्पन्न भएको सो खेलमा अम्बेकेश्वरी क्याम्पस ८ विकेटले बिजयी भएको हो ।
आज भएको फाइनल खेलमा अम्बिकेश्वरीक्याम्पस र दीपशिखा कलेज बीच भएको खेलमा टस जितेर ब्याटिङ गरेको दीपशिखा कलेजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११४ रन बनाउँन सफल भएको थियो । ११५ रनको विजयी लक्ष्य पछ्याउँदै गरेको अम्बिकेश्वरी क्याम्पसले १६.२ ओभरमा २ विकेट गुमाउँदै सो लक्ष्य भेटाएर ८ विकेटले विजयी भएको कार्यक्रम संयोजक बिपिनमणी आचार्यले जानकारी दिए ।
आजको खेलमा म्यान अफ द म्याच तथा प्लेर अफ द टुर्नामेन्टमा अम्बिकेश्वरी क्याम्पसका सन्देश पाण्डे घोषित भएको छन् भने बेष्ट ब्याटमेन्टमा दीपशिखा कलेजका विषम थापा घोषित भएका हुन् ।
त्यसैगरी खेलमा बेष्ट बलर अफ द टुर्नामेन्टमा दीपशिखा कलेजका आयुष थापा र बेष्ट फिल्डर अफ द टुर्नामेन्टमा अम्बिकेश्वरीका शिशिर डाँगी घोषित भए ।
खेलमा इरजिङ प्लेर अफ द टुर्नामेन्टमा अम्बिकेश्वरीका आशिष वली र बेष्ट कोच अफ द टुर्नामेन्टमा कार्यक्रम संयोजक बिपिनमणी आचार्य रहेका छन् भने डिसीपिलिन अफ द टुर्नामेन्टमा लमही गोर्खा रहेको छ ।
जिल्ला स्तरिय प्रिमियर लिग (बिआइएम क्रिक्रेट कप २०७८) का सबै खेल आज सकिएका छन् । पुरस्कार वितरणको कार्यक्रम भोलि अम्बेकेश्वरी क्याम्पसमा हुने भएको छ ।
अम्बिकेश्वरी क्याम्पस र भिएन कलेजको संयुक्त आयोजनामा पुस २० गतेदेखि शुरु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।