नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) निकट आदीवासी जनजाती महासंघ दाङको प्रथम भेला आज पार्टी जिल्ला कार्यालय समाजवादी चोक घोराहीमा सम्पन्न भएको छ ।
आदीवासी जनजाती महासंघ (समाजवादी) का केन्द्रीय सदस्य डिलबहादुर पुनको अध्यक्षतामा, पार्टी केन्द्रीय सदस्य शारदा स्वर्णकारको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टी जिल्ला अध्यक्ष शुरामणि बेलबासे, आदीवासी जनजाती महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद चौधरी लगायतले संबोधन गर्नु भएको थियो ।
भेलाले रोहित चौधरी अध्यक्ष, उपाध्यक्षहरु–खिमा घर्ती, पहलसिंह पुन, जगनारायण चौधरी, नविन राई, सचिव होमबहादुर वुढा, सहसचिव राकेश बुढामगर र कोशाध्यक्ष सरिता चौधरी रहेको ७३ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।
त्यस्तै लोकतान्त्रिक थारुसंघ दाङको संयोजकमा जगनारायण चौधरी र लोकतान्त्रिक मगर संघको संयोजकमा पहलसिंह पुनलाई जिम्मेवारी दिएको छ । भेलाले २०७८ को माघीको उपलक्षमा सम्पूर्ण जनसमुदायमा शुभकामना प्रकट गरेको छ । कोभिड सङक्रमणमा कही बृद्धि देखिएकोले सचेतना अपनाउन सबै जनसमुदायमा अपिल गरेको छ । माघीको सन्दर्भमा भिडभाड हुने कार्यक्रम पनि नगर्ने निर्णय गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।