• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्याम्पसका प्राध्यापक र कर्मचारीलाई नगरपालिकाद्वारा ल्यावटप प्रदान




रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा रहेको एक क्याम्पसले उपप्रध्यापकहरु र कर्मचारीलाई ल्यापटप बितरण गरेको छ ।

नगरपालिकाको वडा नम्बर १ मा रहेको मुसिकोट खलंगा बहुमुखी क्याम्पसले त्यहाँ कार्यरत उपप्रध्यापकहरु र कर्मचारीलाई ल्यापटप बितरण गरेको हो । बिज्ञान र प्रबिधिको विकाससँगै क्याम्पसमा सञ्चालन गरिने क्रियाकलापसँगै कक्षाहरुलाई डिजिटलाइजेसनदेखि लिएर गुगल कलास रुम र जुम कलास मार्फत कक्षा सञ्चालन गर्ने गराउने उद्देश्यले क्याम्पसले उपप्रध्यापकहरु र कर्मचारीलाई ल्यापटप बितरण गरेको क्याम्पस प्रमुख बुद्धि प्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्याम्पसले आफ्नै लगानीमा रु. ११ लाख ४० हजार बराबरको रकमबाट १२ वटा ल्यापटप र २ वटा ओभररेड प्रोजेक्टर खरिद गरि उपप्रध्यापकहरु र कर्मचारीलाई ल्यापटप बितरण गरिएको हो । खरिद गरिएका ल्यापटप यहि पौष २८ गते बुधबार क्याम्पसले आयोजना गरेको एक औपचारिक कार्यक्रममा नगर प्रमुख देविलाल गौतमले उपप्रध्यापकहरु र कर्मचारीलाई हस्तान्तरण गर्नुभएको छ ।

क्याम्पसका उपप्रध्यापक एबं सूचना प्रबिधि बिज्ञ डम्बर बहादुर खड्काको स्वागत मन्तब्य रहेको कार्यक्रमको कार्यक्रमको सञ्चालन उपप्रध्यापक हरिबिष्णु ओलीले गर्नु भएको थियो । नगर प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासँघ रुकुम (पश्चिम)का अध्यक्ष लक्ष्मण केसी, गणतन्त्र राष्ट्रिय दैनिकका सम्पादक पाण्डव शर्मा, क्याम्पसमा कार्यरत उपप्रध्यापकहरु र कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख बुद्धि प्रसाद गौतमले गर्नु भएको थियो ।

Facebook Comments