हिमाल महरा
घोराही, २७ पुस । दाङको घोराहीमा शुरु भएको बिआइएम क्रिकेट कपको भोलि हुने फाइनल खेलमा अम्बिकेश्वरी क्याम्पस र दीपशिखा कलेज भिड्दै छन् । आज भएको सेमी फाइनल खेलबाट सो दुई टिम फाइनमा खेलमा प्रवेश गरेका हुन् ।
आज भएको पहिलो सेमी फाइनल खेलमा ऐरावती क्यापस र दीपशिखा कलेज बीच भएको खेलमा दीपशिखा ४ रनले विजयी भएको हो । ट्स हारेर ब्याटिङ गरेको दीपशिखा क्याम्पसले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १२३ रन बनाएर ऐरावतीलाई १२४ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउँदै ऐरावती क्याम्पसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११९ रन बनाउदा दीपशिखा क्याम्पस ४ रनले विययी हुँदै फाइनलमा प्रवेश गर्न सफल भयो । यो खेलका म्यान अफ द म्याचको रुपमा विषमा थापा घोषित भएका छन् । उनले खेलमा ५१ रन बनाउदै बलिङ गर्दा ३ ओभरमा १८ रन दिएर २ विकेट लिएका थिए ।
त्यसैगरी आज भएको सेमी फाइनलको दोस्रो खेलमा अम्बिकेश्वरी क्याम्प र लमही गोर्खाबीच भएको खेलमा अम्बिकेश्वरी १३ रनले विजयी भएको हो । ट्स हारेर ब्याटिङ गरेको अम्बिकेश्वरी क्याम्पसले निर्धारित २० ओभरमा आफ्ना सबै १० विकेट गुमाउँदै १०४ रन बनाउन सफल भएको थियो । १०५ रनको विजयी लक्ष्य पछ्याउँदै गरेको लमही गोर्खाले १७.२ ओभरमा ९१ रन बनाउदै आफ्ना सबै १० विकेट गुमाउँदा अम्बिकेश्वरी क्याम्पस १३ रनले विजयी हुँदै फाइनल खेलमा प्रवेश गरेको कार्यक्रमका संयोजक बिपिनमणी आचार्यले अनलाइनलाई जानकारी दिए । खेलका म्यान अफ द म्याचको रुपमा अम्बिकेश्वरी क्याम्पसका सन्देश पाण्डे घोषित भएका छन् । उनले खेलमा ४१ रन बनाउदै बलिङ गर्दा ४ ओभरमा ३ विकेट लिएर १६ रन दिएका थिए ।
जिल्ला भित्र रहेका प्लटु र क्याम्पस/कलेजबीच मैत्रीपूर्ण क्रिकेट कप खेल भोलि १२ बजेदेखि शुरु हुने भएको छ । सो फाइनल खेलमा अम्बिकेश्वरी क्याम्पस र दीपशिखा कलेज भिड्न लागेको संयोजक आचार्यले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।