मदन वि.सी
रुकुमकोट,२७ पुस । रुकुम पूर्व सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले ग्रामिण सूचना केन्द्रको उद्धघाटन गर्नुभएको छ । गाउँपालिका परिसरमा स्थापना गरिएको सुचना केन्द्रको अध्यक्ष बरालले आज रिवन काटेर उद्धघाटन गर्नुभएको हो ।
नेप्लिज एशोसिएसन अफ फलोरिडाको संयोजन तथा ग्लोबल नेप्लिज आई.सि.टि. कन्सोटिएम र सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाको पशु सेवा शाखासंगै सुचना केन्द्रको कार्यालय स्थापना गरिएको छ । सूचना केन्द्र स्थापना कार्यक्रममा बोल्दै अध्यक्ष बरालले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवालाई सेवाग्राहि मैत्री बनाउन सूचना केन्द्रले ठुलो भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।
उहाँले थप्नुभयो कतिपय सेवाग्राहिहरु गाउँपालिकाको भुक्तानी प्रकृया र अन्य प्रकृयागत कुरामा समेत अनविज्ञ हुन्छन त्यस्ता सेवाग्राहिको लागि सूचना केन्द्र सारथि बनेमा म विश्वस्त छु । ग्रामिण क्षेत्रका जनतालाई प्रविधिसंग जोडने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको केन्द्रका अध्यक्ष गोपाल पुनले बताउनुभएको छ । केन्द्रले प्रविधिसंगै सचेनता र उत्पादनमुलक कार्यक्रम सञ्चालन गर्ने छ अध्यक्ष पुनले भन्नुभयो नागरिकको सहयोगका लागि केन्द्रको स्थापना गरेका हौ । स्थानिय सरकार र अन्य संघ संस्थाको साझेदारीमा नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो । गाउँपालिकाका युवा युवतिलाई उत्पादन र श्रममा जोड्न केन्द्रले सिपमुलक तालिमको आयोजना गर्ने केन्द्रका सचिव रेवन खड्काले बताउनुभएको छ । केन्द्रले अहिले गाउँपालिका भित्रका ८ वडाका २० जना युवा युवतिलाई निशुल्क कम्युटर कक्षा समेत सिकाई रहेको छ ।
यस्तै सूचना केन्द्रले गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहिको सहजताको काम पनि गर्नेछ । केन्द्रले गाउँपालिकामा हुने योजना सम्झौता, निवदेन, प्रस्तावना तथा प्रतिवेदन लेखनमा सहजिकरण गर्ने सचिव खड्काले बताउनुभयो । यस्तै फोटोकपी, माइनुट लेख्न जस्ता काममा पनि ग्रामिण सूचना केन्द्रले सहयोग गर्ने छ । सूचना केन्द्रको कार्यालय सिस्ने गाउँपालिकाको पशु सेवा शाखासंगै राखिएको छ । कार्यालयबाट हुने सेवा प्रवाहको लागि एक जना कर्मचारीको पनि व्यवस्था गरिएको छ ।
युवा विकास केन्द्रका अध्यक्ष एवम ग्रामिण सुचना केन्द्रका अध्यक्ष गोपाल पुनको अध्यक्षतामा सम्पन्न भएको उद्धघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोर्बधन बुढा, २ नम्बर वडा अध्यक्ष जिवन के.सी, ५ नम्बर वडा अध्यक्ष शान्तेबहादुर वि.क, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहाल, लगायत गाउँपालिका भित्र रहेका विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको उद्धघाटन कार्यक्रमको सञ्चालन सूचना केन्द्रका सचिव रेवन खड्काले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।