पत्रकारिता र नेपाली साहित्यमा सक्रिय बिके पाल्पालीकाे दुवै मृगौला फेल भएको छ । विजय पोखरेल (विके पाल्पालि) को दुवै मिर्गौला फेल भएपछि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरस्थित आइसियू वार्डमा उनको उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचारमा समस्या भएको छ ।
उनको परिवारजनले सक्दो सहयोग गरेर विके पाल्पालीको जीवनरक्षा गरिदिन आग्रह गरेका छन् । बिके पाल्पालीकी श्रीमती रेणुका भट्टराईको नाममा कुमारी बैंक पुतलीसडकमा रहेको खाता नं. 0010002517300001 मा सक्दो सहयोग गरिदिन विके पाल्पालीको परिवारले अपिल गरेको छ । भट्टराईको मोबाइल नम्बर 9841187075 मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिनेछ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।