• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली तालिम शुरु




रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली (HMIS) तालिम शुरु भएको छ । स्वास्थ्यको लागि सक्षम प्रणालीको सहयोगमा नगरपालिका अन्तरगत स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली (HMIS) तालिम शुरु गरेको हो ।

नगरक्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा भएको स्वास्थ्य सम्बन्धीका सुचनाहरुको सहि तथ्याङ्क संकलन, व्यबस्थापन र रिर्पोटिङमा सहयोग होस् भन्ने हेतुले स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली (HMIS) सम्बन्धी तालिम शुरु गरिएको हो । तालिम यहि असोज ३ गतेदेखि ५ गतेसम्म नगरपालिकाको सभाहल सेरीगाउँमा सञ्चालन हुनेछ ।

३ दिनसम्म सञ्चालन गरिने तालिमको सहजीकरण नगरपालिका अन्तरगत स्वास्थ्य शाखाका प्रमुख मानबहादुर खत्री, जनस्वास्थ्य निरिक्षक बेदाराम ओली, स्वास्थ्य सेवा कार्यालय रुकुम (पश्चिम)का जनस्वास्थ्य अधिकृत कालीबहादुर ओली र स्वास्थ्यको लागि सक्षम प्रणालीका प्राबिधिक अधिृकृत ऋषि न्यौपानेले गर्नुभएको छ ।

तालिममा यस अघि तालिम लिन छुटेका नगर क्षेत्र भित्रका सबै स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।

Facebook Comments