दाङ । दाङमा बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु भएको छ ।
भारतको मोतिहारी जिल्ला बस्ने असिर आलकका ९ महिने छोरा नानु आलमकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनु भयाे ।
आज विहान साढे तिन बजे पुर्वपश्चिम राजमार्ग अन्तरगत लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँ स्थित दोलाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार रहेका ८ जना यात्रु घाइते भएका छन ।
मृतक शिशुको शवलाई कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ ।
बसमा सवार अन्य घाइते हुनेहरुमा पर्सा जिल्ला विरगञ्ज उपमहानगरपालिका १६ बस्ने वर्ष ३५ का रतन शाही, रौतहट जिल्ला पुर्वाह गाउँपालिका ६ बस्ने वर्ष ३४ का रामविनायक कुर्मी, भारतको विहार बस्ने वर्ष ४० का सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत जिल्ला छिन्चु नगरपालिका ९ बस्ने वर्ष १७ का दिलबहादुर क्षेत्री रहेका छन् ।
अन्य घाइतेहरुमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका १ बस्ने वर्ष ३८ का पुर्णप्रसाद पाण्डे, बाँके जिल्ला कोहलपुर नगरपालिका १८ बस्ने वर्ष ३५ की शान्ता वली, हुम्ला जिल्ला तातोपानी गाउँपालिका ७ बस्ने वर्ष ४५ का धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घाइते भएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।