• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुरुल्लेको बृहत्तर पर्यटन विकासका लागि होलेरीमा महोत्सव हुने




घोराही, २६ पुस । रोल्पाको होलेरीमा श्रीमदभागवत सप्ताह पितृमुक्ति धार्मिक एवं साँस्कृतिक महोत्सव हुने भएको छ । मुरुल्ले म्याग्जीनगढी पर्यटन विकास समितिको आयोजनामा सो महोत्सव हुने भएको हो ।


रुन्टीगढी गाउँपालिका–६ मा रहेको मुरुल्ले लेकमा अवस्थित अर्थनारेश्वर धामको बृहत्तर विकासका लागि आसन्न माघ ११ गतेदेखि १७ गतेसम्म होलेरीमा श्रीमदभागवत पितृमुक्ति धार्मिक एवं साँस्कृतिक महोत्सव संचालन गर्न लागेको महोत्सवका संयोजक गोविन्द्र घर्तीले जानकारी दिए ।

मुरुल्ले लेक एक महत्वपूर्ण पर्यटन स्थलको रुपमा रहेको भएतापनि आर्थिक अभावकै कारणले गर्दा त्यसको संरक्षण  सम्बद्र्धन तथ विकासमा समस्या भएको हुँदा सो महत्सोवको आयोजना गरिएको संयोजक घर्तीको भनाई थियो ।

उनका अनुसार पछिल्लो समय देशलाई नै तरंगित पार्ने गरी तीब्र रुपमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसले गर्दा महोत्सव रोक्नुपर्ने स्थिति समेत आउन सक्ने भन्दै स्थानीय सरकरकाले निर्देशन अनुरुप अगाडि बढ्ने पनि  सिस्ने अनलाइनलाई बताए ।

Facebook Comments