• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लमहीमा चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  शुरु




दाङ, २६ पुस । दाङको लमही नगरपालिका स्तरीय चौथो रास्ट्रपति रनिङ शिल्ड २०७८ आइतबार  लमही १ नर्तिको श्री सुर्य बिनायक मा.वि. मा सुरु भएको छ ।

प्रत्येक बर्ष लमही नगरपालिकाले छुट्टाएको बजेटमा नगरपालिका भित्रका २० विभिन्न विद्यालयको सहभागि हुने गरि उक्त प्रतियोगिता नगर भित्रको एक विद्यालयले आयोजना गर्ने गर्दछ ।
प्रतियोगितामा आधारभुत विद्यालय र माध्यमिक विद्यालयका छुट्टाछुट्टै प्रतियोगि हुन्छन । आवि तर्फ ८ कक्षा र उमेर १४ बर्ष नकटेका र मावि तर्फ १२ कक्षा र १८ वर्ष नकटेका खेलाडीहरुले सहभागी जनाउने गर्दछन ।
प्रतियोगिता भरि एथलेटिक्सका १०० मिटर दौड, २०० मिटर दौड , ४००मिटर दौड, ८०० मिटर दौड, ४*४०० मिटर दौड र ३२०० मिटर दौड रहेको छ भने ग्रुप गेम अन्तर्गत कबर्डि र भलिबल खेल रहेका छन् । यि सबै खेल मावि तर्फका दुबै छात्र र छात्राका लागि हुनेछ भने । आवि तर्फका छात्र छात्राका लागि एथलेटिक्सका १००, २००, ४०० मिटरका दौड तथा कबर्डि खेल हुनेछ । तेस्तै मार्च पास्ट सलामीमा उत्कृष्ट हुने र प्रतियोगिता भरि अनुसाशित खेल्ने एक-एक विद्यालयका टिम लाई गोल्ड मेडल दिइनेछ ।
प्रतियोगितामा प्रथमलाई गोल्ड, द्वितीयलाई सिल्भर र तृतीयलाई ब्रोन्ज मेडल सहित प्रमाणपत्रले पुरस्कृत गरिने छ ।
खेलमा एथलेटिक्समा कबर्डि र भलिबलमा दाङ जिल्ला बाट खेलिसक्नु भएका खेलाडिहरु नै रेफ्रीको भुमिकामा हुनुहुन्छ ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि लमहि नगरपालिका मेयर कुल बहादुर केसि, विशिष्ट अतिथि उपमेयर देवका बेल्बासे, सभाअध्यक्ष विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शोभा घिमिरे र लमहि नगर विद्यालय प्रशासन प्रमुख रबिन्द्र क्षेत्रीले कलशमा दियो बालेर गर्नु भयो । तेस्तै प्रतियोगिताको स्वागत मन्तव्य विद्यालय प्रअ बिष्णु प्रसाद पौडेल र कार्यक्रम सन्चालक तेसै विद्यालयका शिक्षक हरि रिजालले गर्नु भयो ।

Facebook Comments