• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अभियन्ता खड्काले दिइन पूर्वप्रधानमन्त्रीलाई धन्यवाद




सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता गुल्मी निवासी गंगा खड्काले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर धन्यवाद दिएकी छन् ।

ओली निवास बालकोटमा पुगेर देशभरका छात्राहरुको पीडा बुझेर तत्कालिन प्रधानमन्त्री ओली नेतृत्व सरकारले नीति, बजेट तथा कार्यक्रममा सवै विद्यालयहरुमा सेनेटरी प्याड उपलव्ध गराउने कार्यक्रम सम्वोधन गरेको भन्दै धन्यवाद दिएकी हुन् ।

२०७६ सालको बजेटमा सरकारले देशका सवै विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम ल्याएको छ । विगत सात वर्षदेखि विद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलव्ध हुनुपर्ने माग अभियन्ता खड्काले गर्दै आएकी थिइन् ।

‘महिनावारीको पीडा पोख्दै किशोरी’ शिर्षकको तत्कालिन प्रधानमन्त्री ओलीलाई लेखेको पत्र चर्चामा आएको थियो ।

दुई वर्षदेखि विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण भएपछि विद्यालयमा छात्राहरुको नियमित उपस्थिती भइरहेको पाइएको खड्काले भेटमा ओलीलाई सुनाईन् । ओलीले अभियानलाई निरन्तरता दिन् अभियन्ता खड्कालाई आग्रह गरे ।

गुल्मी, सुर्खेत र वैतडीका स्कुल स्कुलमा पुगेर छात्राहरुलाई सुरक्षित महिनावारी सम्वन्धी अभिमुखीकरण कार्यक्रम गर्दै आइरहेकी छन् ।

अभियान संचालन गरेको भन्दै २०७५ सालमा यूवा तथा खेलकुद मन्त्रालयले खुल्ला प्रतिस्पर्धाको आधारमा एक लाख राशी सहित ‘राष्ट्रिय यूवा प्रतिभा सम्मान’ बाट समेत सम्मानित गरेको थियो ।

Facebook Comments