घोराही, २४ पुस । दाङको घोराहीमा बिआइएम क्रिकेट कप शुरु भएको पाँचौं दिन आज बाह्रौं, तेह्रौं र चौधौं गरी तीन खेल सम्पन्न भएका छन् ।
बाह्रौं खेलमा अम्बेकेश्वरी क्याम्पस र माउन्ट भ्यू स्कूल बीच भएको खेलमा अम्बेकेश्वरी ३८ रनले विजयी भएको हो ।
माउन्ट भ्यू स्कूलले ट्स जितेर बलिङ रोजेको थियो । ट्स हारेर पहिले ब्याटिङ गरेकोे अम्बेकेश्वरी क्याम्पसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएर माउन्ट भ्यूलाई १५० रनको लक्ष्य दिन सफल भयो । सो लक्ष्य पछ्याउँदै माउन्ट भ्यूले १११ रनमा सबै विकेट गुमाउँदा अम्बेकेश्वरी ३८ रनले विययी हुन पुग्यो ।
त्यस्तै तेह्रौं खेलमा महेन्द्र क्याम्पस र श्री मावि जन्द्रागाउँ बीच भएको खेलमा महेन्द्र क्याम्पस ५० रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्र क्याम्पसले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ८५ रन बनाउँन सफल भएको थियो । ८६ रनको लक्ष्य पछ्याउँदै श्री मावि जन्द्रागाउँले ३५ रनमा आफ्ना सबै १० विकेट गुमाउँदा महेन्द्र क्याम्पस ५० रनले विजयी भएको जानकारी प्राप्त भएको छ ।
त्यसैगरी चौधौं खेलमा अम्बेकेश्वरी क्याम्पस र दीपशिखा कलेज बीच भएको खेलमा अम्बेकेश्वरी १० रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको अम्बेकेश्वरी क्याम्पसले निर्धारित २० ओभरमा ११६ रनमा आफ्ना सबै १० विकेट गुमाएको थियो । ११७ रनको विजयी लक्ष्यलाई पछ्याउँदै दीपशिखा कलेजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०६ रनमात्र बनाउँदा अम्बेकेश्वरी क्याम्पस १० रनले विजयी भएको कार्यक्रमका संयोजक बिपिनमणी आचार्यले सिस्ने अनलाइनलाई जानकारी दिए ।
जिल्ला भित्र रहेका प्लटु र क्याम्पस÷कलेज बीच मैत्रीपूर्ण क्रिकेट खेलमा पहिलो, दोस्रो, तेस्रो र चौथो दिन गरि ११ खेल सम्पन्न भएका थिए । सो खेल २८ गते सकिने भएको छ ।
भोलि पनि तीन खेलहरु हुने भएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।