घोराही, २४ पुस । सिद्ध रत्ननाथ मठ बाट संचालित गाेरखनाथ गुरुकुल दाङमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले २० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ ।
गुरुकुलमा अध्यनरत बटुक तथा कन्या हरुलाई खाद्यान्न अभाव भएकोले केन्द्रले सहयोग गरेको केन्द्रका कार्यक्रम ब्यबस्थापक प्रदिप मजगैयाले जनकारी दिनुभएको छ ।
केन्द्रले आफ्ना सदस्यहरुबाट सहयोग संकलन गरि चामल, दाल, तेल ,भेली , नुन पिठो , स्वाइबिन , चियापत्ती लगाएतका खाद्यान्न सामग्री सहयोग गरेको थियो ।
गाेरखनाथ गुरुकुलको सभाहलमा भएको औपचारिक सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रकि अध्यक्ष निर्मला गौतमले सहयोग सामग्री गाेरखनाथ गुरुकुलका अध्यक्ष प्रकाश भट्टराई लाई हस्तान्तरण गर्नु भएको थियो ।
केन्द्रका पुर्ब अध्यक्ष श्रीमन न्योउपाने , कमल गौतम, कोषाध्यक्ष माया पोखरेल,कार्यक्रम प्रबन्धक प्रदीप मजगैया उपस्थित भएको कार्यक्रममा गुरुकुलका विद्यार्थीहरूले स्वस्ति वाचन र वैदिक मन्त्रोच्चारण गरेका थिए।
गाेरखनाथ गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका अध्यक्ष निर्मला गौतमले शुभकामना दिदै आगामि दिनमा अन्य सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको संचालन गाेरखनाथ गुरुकुलका सचिब गुरुकलका सचिव ताेयनाथ याेगी गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
