नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी ANTIGEN र RT-PCR परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उहाँ का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य छ।
यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले स्वास्थ्य सतर्कता अपनाइदिन प्रचण्डको सचिवालयले जनाएको छ ।
स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलेशनमा रहने मल्लले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।