घोराही, २३ पुस । दाङको घोराहीमा बिआइएम क्रिकेट कप शुरु भएको चौंथो दिन आज तीन नबौं, दशौं र एघारौं गरी तीन खेल सम्पन्न भएका छन् ।
नबौं खेलमा राप्ती शिक्षा क्याम्पस र दीपशिखा कलेज बीच भएको खेलमा दीपशिखा १० विकेटले विजयी भएको हो । ट्स जितेर ब्याटिङ रोजेको राप्ती शिक्षा क्याम्पसले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रन बनाएर दीपशिखालाई ६४ रनको लक्ष्य दिएको थियो । ६४ रनको लक्ष्य पछ्याउँदै दीपशिखा कलेजले ८ ओभरमै सो स्कोर भेटाएर १० विकेट विययी हुन पुग्यो ।
त्यस्तै दशौं खेलमा माउन्ट भ्यू स्कूल र गोर्खा स्कुल घोराही बीच भएको खेलमा गोर्खा स्कुल २ विकेटले विजयी भएको हो । गोर्खा स्कुलले ट्स जितेर बलिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको माउन्ट भ्यू स्कूलले निर्धारित १५ ओभरमा ६४ रन बनाउदै ९ विकेट गुमाउन पुग्यो । ६५ रनको लक्ष्य पछ्याउँदै घोराही गोर्खाले निर्धारित १४ ओरभरमा ८ विकेट गुमाउँदै सो स्कोर भेटाएर २ विकेटले गोर्खा स्कुल विजयी भएको जानकारी प्राप्त भएको छ ।
त्यसैगरी एघारौं खेलमा राप्ती बबई क्याम्प र ऐरावती क्याम्पस बीच भएको खेलमा ऐरावतीले ५ रनले विजयी भएको हो । राप्ती बबई क्याम्पसले ट्स जितेर बलिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको ऐरावती क्याम्पसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाउ सफल भएको थियो । १०९ रनको लक्ष्यलाई पछ्याउँदै राप्ती बबईले १०३ रनमा आफ्ना सबै १० विकेट गुमाउदा ऐरावती क्याम्पस ५ रनले विजयी हुन सफल भई सेमिफानमा प्रवेश गरेको कार्यक्रमका संयोजक बिपिनमणी आचार्यले सिस्ने अनलाइनलाई जानकारी दिए ।
जिल्ला भित्र रहेका प्लटु र क्याम्पसरकलेजबीच मैत्रीपूर्ण क्रिकेट खेलमा पहिलो, दोस्रो र तेस्रो दिन गरि आठ खेल सम्पन्न भएका थिए । सो खेल २८ गते सकिने भएको छ ।
भोलि हुने तीन वटा खेलमा आयोजक अम्बेकेश्वरी क्याम्पसले दुई वटा खेल खेल्दैछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।