• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेमा शिक्षा क्षेत्रको विकास र सुधारका लागि तयार पारिएको अध्ययन प्रतिवेदन पारित




मदन विसी
रुकुम, २३ पुस । सिस्ने गाउँपालिका रुकुम पूर्वको सिस्ने गाउँपालिकाको शिक्षा क्षेत्रको विकास र सुधारका लागि तयार पारिएको अध्ययन प्रतिवेदन पारित भएको छ । गाउँपालिकाको शिक्षामा पहुच समावेशिकरण र गुणस्तर सुधारका लागि सम्भाव्यता अध्ययन प्रतिवेदन माथि छलफल गर्न आयोजना गरिएको सरोकारवालासंगको गोष्ठिले प्रतिवदेन पारित गरेको हो ।


गोष्ठिले सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा हाइटेक प्राली काठमाडौले तयार पारेको प्रतिवेदन छलफल पछि पारित गरेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले बताउनुभयो । उक्त प्रतिवदेन हाइटेक प्रालीका शिक्षाविद गोपाल प्रसाद तामाङ र टेकम खड्काले निर्माण गर्नुभएको थियो । सिस्ने गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि भएका समस्यालाई समाधान गर्न अपनाउनु पर्ने उपाए, शिक्षाको विकासका लागि गर्न सकिने काम लगायतका कुरा समेटेर अध्ययन प्रतिवेदन तयार पारिएको शिक्षाविद तामाङले बताउनुभएको छ । उहाँकाअनुसार विद्यालयमा विद्यार्थीको भर्नादर बढाउन, विद्यालय छोडने दर घटाउन र विद्यार्थीलाई कसरि विद्यालयमा नियमति गराउन सकिन्छ भन्ने कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गोष्टिबाट पारित भएको उक्त अध्ययन प्रतिवदेनलाई अव गाउँकार्यपालिका बैठकमा पारितका लागि पेश गरिने छ । कार्यपालिका बैठकले पनि पारित गरे अध्ययन प्रतिवेदन स्वीकृतिका लागि राष्ट्रिय योजना आयोगमा पठाउने तयारी गरिएको छ । यो प्रतिवदेनलाई राष्ट्रिय योजना आयोगले पनि स्वीकृति दिए सिस्ने गाउँपालिकाको शैक्षिक सुधारको लागि बजेटको व्यवस्था हुने अपेक्षा गरिएको छ ।
सिस्ने गाउँपालिकाका अधिकाङश विद्यालयमा भौतिक पूर्वाधारको विकास, जनशक्ति व्यवस्थापन र सूचना प्रविधिको विकास गर्न बाकि छ । गाउँपालिकाको शिक्षालाई नमुना र गुणस्तरिय बनाउन अध्ययन प्रतिवेदनले ठुलो सहयोग गर्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले विश्वास व्यक्त गर्नुभएको गर्नुभएको छ । गोष्ठिमा अध्यक्ष बरालले शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेको कामको बारेमा पनि सहभागिलाई जानकारी गराउनुभएको थियो ।
अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको गोष्ठिमा उपाध्यक्ष गोर्बधन बुढा, हेड लाइट प्रालीका शिक्षाविद गोपाल तामाङ र टेकम खड्का, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहाल, शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वका इकाई प्रमुख तिलक गौतम, वडाका वडा अध्यक्ष, विद्यालयका शिक्षक तथा वि।व्य।स अध्यक्ष लगायतको उपस्थिति रहेको गोष्ठिको सञ्चालन शिक्षा शाखा प्रमुख बुढाले गर्नुभएको थियो ।

Facebook Comments