थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सहि तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।